गैँडाकोटका ४ वटा विद्यालयमा सेन्सर ह्यान्ड सेनिटाईजर मेसिन हस्तान्तरण 

२०७८ मङ्सिर ९ बिहीबार १७:०७:०० मा प्रकाशित


नवलपुर । बाल स्वास्थ्य सुरक्षाका लागि विजय विकास स्रोत केन्द्रले गैँडाकोटका ४ वटा विद्यालयमा सेन्सर ह्यान्ड सेनिटाईजर मेसिन हस्तान्तरण गरेको छ । कोभिड १९ आपतकालिन परियोजना अन्तर्गत गैँडाकोटका ४ वटा विद्यालयमा सेन्सर ह्यान्ड सेनिटाईजर मेसिन हस्तान्तरण गरिएको परियोजनाका कार्यक्रम संयोजक प्रेमप्रसाद सापकोटा ‘राजु’ले जानकारी दिनुभयो । 
गैँडाकोटका कालिका मावि, नारायणी मावि, जनक मावि, नेपाल राष्ट्रिय शमसेर आर्दश माविमा राखिएको परियोजनाका प्रशासन तथा वित्त अधिकृत रामकृष्ण सापकोटाले जानकारी दिनुभयो । साथै गैँडाकोटका अन्य ४ वटा विद्यालयमा राखिनेछ । 
केन्द्रले अमेरिकेयर्स फाउण्डेसनको सहकार्यमा कोभिड १९ आपतकालिन परियोजना अन्तर्गत चिकित्सकको व्यवस्था सहित गैंडाकोट नगर अस्पताल र मध्यबिन्दु जिल्ला अस्पतालमा ७ शैयाको बाल वार्ड निर्माण गरि अस्पतलालाई हस्तान्तरण गरेको छ । परियोजना अन्तगर्त मनोपरामर्श, विद्यालयहरुमा सचेतना कार्यक्रम, स्वास्थ्य सामग्री बितरण, निःशुल्क एम्बुलेन्स सेवा, चेतनामुलक रेडियो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।