यस्तो छ, भोलीको चितवनको ट्राफिक व्यवस्थापन योजना 

२०७८ मङ्सिर ९ बिहीबार १४:२५:०० मा प्रकाशित


चितवन  । नेकपा एमालेको १०औँ राष्ट्रिय महाविधेशन उद्घाटनका दिन १० गते शुक्रबार ट्राफिक व्यवस्थापन विशेष योजना बनाएको छ ।

सवारी प्रवेश रोक लगाउनेदेखी पार्किङस्थल र भिभिआईपि सवारी मार्ग तय गरिएको छ । १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटन स्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्लाका विभिन्न १३ स्थानमा सवारीसाधन पार्किङस्थल निर्माण गरिएको छ ।

नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारीसाधनलाई गैँडाकोटमा रोकिने छ । गैँडाकोटमा नदी किनार सहितका स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गरिएको छ । नवलपुरमा आज रातिबाट नै पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रहरीले जनाएको छ । केन्द्रीय बस टर्मिनल, हाकिमचोक, विरेन्द्र क्याम्पस चोक, नारायणगढ पुल्चोक, पोखरा बसपार्कसम्म सवारी प्रवेशमा रोक लगाईएको छ ।

भिआईपीहरुलाई यएरपोर्टदेखी दुरसञ्चार रोड, भरतपुर अस्पताल, सिएमएस रोड, रमाईलो चोक, विशालचोक प्रहरी कार्यालय पछाडीको रोड, क्षेत्रपुर हुँदै पोखरा बसपार्कको बाटो तय गरिएको छ । कार्यक्रम पछि सोही बाटा हुँदै भरतपुर अस्पतालदेखी जागृति चोक मुनाल चोक मिलनचोक हुँदै राजमार्गमा निकालिने छ ।