आमा बनेपछि नायिका प्रिति जिन्टा फिल्ममा फिर्ती

२०७८ मङ्सिर ४ शनिबार १७:२१:०० मा प्रकाशित

 

हालै बलिउड नायिकाको प्रिति जिन्टाको घरमा जुम्ल्याहा बच्चाको आगमन भएको छ । प्रितिका प्रशंसकले उनलाई आमा बनेकोमा बधाई दिइरहेका छन् । यसैबीच प्रितिका प्रशंसकका लागि खुसीको खबर छ । चार वर्षसम्म पर्दाबाट टाढा रहेकी उनी फिल्ममा फिर्ता हुँदैछिन् ।
लामो ब्रेकपछि प्रिति दानिश रेन्जुको फिल्मबाट बलिउडमा फिर्ता हुँदैछिन् । फिल्मको नाम हाल फाइनल भएको छैन । फिल्मको कहानी कश्मिरमा आधारित छ । फिल्मको आधिकारिक रुपमा घोषणा भएको छैन । तर खबरलाई विश्वास गर्ने हो भने फिल्मको काम सुरु भइसकेको छ । टाइम्स अफ इन्डियाका अनुसार फिल्मको प्रि–प्रोडक्सन र कास्टिङमा काम चलिरहेको छ । यस्तै फिल्मको सुटिङ सन् २०२२ मा सुरु हुनेछ ।