पाठकको सूचनाको पहुँचका लागि प्रतिबद्ध छौँ 

२०७८ कार्तिक २४ बुधबार १२:१४:०० मा प्रकाशित


नेपालको संविधान २०७२ भर्खर जारी भएको थियो । त्यसको केही समयमा नै वि.सं. २०७२ साल कार्तिक २४ गतेबाट विजय खबर प्रकाशन सुरु भयो । समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि विद्युतीय माध्यमको एफएम रेडियो विजय एफएमसंगै छापा माध्यमको आवश्यकता अनुरुप छापा पत्रकारिताको सुरुवात भएको थियो । सूचनाको पहुँच स्थापित गर्दै सुसुचित समाज निर्माणका लागि विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा प्रकाशित विजय खबर पत्रिका निरन्तर यात्राको क्रममा सातौँ वर्षमा प्रवेश गरेको छ । स्थानीय परिवेशको प्रवर्धन र स्थानीय विचारको उत्खननका लागि यस पत्रिकाले कलम चलाउँदै आएको छ । भर्खरै जारि भएको संविधान अनुरुप राज्यको पुर्नसंरचनामा गठित स्थानीय सरकारको सुशासन तथा खबरदारी सहित संविधानको कार्यान्वयनमा राज्यको चौँथो अंगको रुपमा भूमिका खेल्दै यसले छैठाँै वर्षको यात्रा पार गरेको छ । 


विजय खबर पत्रिकाले विकास र सुशासन, शिक्षा, स्वास्थ्य, वित्तिय सचेतना, वातावरण संरक्षण लगायतका विषयलाई प्राथमिकतामा राखेको छ । अघिल्लो आर्थिक वर्षका पत्रिकाको अध्ययन विश्लेषण मात्र गर्ने हो भने पनि पत्रिका आफ्नो उद्देश्य भन्दा बाहिर रहेको छैन । यस वर्ष पत्रिकाको पहिलो पृष्ठमा करिब १ सय ६३ वटा समाचार प्रकाशन भएका छन् । जसमध्ये विकास र सुशासन, स्वास्थ्य तथा कृषि वन तथा खानेपानी संरक्षण अभियानका समाचार करिब ३०÷३० वटा समाचार प्रकाशन भएको देखिन्छ । यस वर्ष कोभिड १९ को कहरका कारण पनि स्वास्थ्यसंग सम्बन्धित खबरले धेरै प्राथमिकता प्राप्त गरेको छ । यसले पनि स्थानीय समुदायको आवश्यकताका आधारमा समाचारका विषयवस्तु प्रकाशनमा रहेको देखिन्छ । कोभिडको लहरका कारण प्रभावित बनेको सार्वजनिक शिक्षा र सिकाइ सहजीकरणका खबरहरुले विजय खबर पत्रिकामा प्राथमिकता पाएका छन् । यस पत्रिकाको पहिलो पृष्ठमा मनोरञ्जनका सामग्रीले कुनै स्थान प्राप्त गरेको देखिदैन । कला र मनोरञ्जनका सामाग्रीको पनि आगामी दिन प्राथमिकताका विषय बनाउन प्रतिवद्धता व्यक्त गर्दछाँै । राजनीतिक पार्टीका र राजनीतिक विषयवस्तुले पहिलो पृष्ठमा नगण्य प्राथमिकता पाएको छ । संस्थाको प्राथमिकताका विषयवस्तु सामाजिक विकास रुपान्तरणका विषय भएकाले पनि राजनीतिक विषयबस्तुले पहिलो पृष्ठमा प्राथमिकता पाएनन अर्को कुरा राजनीतिक पार्टीका विचार र सोच र सो अनुरुपका कार्यक्रमहरु नभएका कारण पनि प्राथमिकता नपाएको प्रष्ट हुन्छ । 


हामीले सबैभन्दा सुधार गर्नुपर्ने पक्ष भनेको भौगोलिक रुपमा गैँडाकोटबाट बाहिर निस्कनुपर्ने देखिएको छ । गैँडाकोटभन्दा बाहिरका समाचारहरुलाई प्राथमिकताका विषय बनाउन पनि प्रतिवद्धता व्यक्त गर्दछाँै । चितवनका समाचारको तुलनामा नवलपुर क्षेत्रका समाचारका विषयवस्तुले बढी प्राथमिता पाएको देखिन्छ । यसको सन्तुलनका लागि पनि प्रतिवद्धता समेत व्यक्त गर्दछौँ । समुदायको आवश्यकताका आधारमा संस्थाको उद्देश्य अनुरुप समुदायको चासो र प्राथमिकताका क्षेत्र बढाउँदै जाने छाँै । पाठकको सूचना पाउने अधिकारका लागि हामी सदैव क्रियाशील र सम्पादकीय स्वतन्त्रता सहित निरन्तर अघि बढिरहने विश्वास दिलाउँछौँ । यहाँसम्मको यात्रामा साथ र सद्भाव देखाउने पत्रकार साथीहरु, पाठकवर्ग, विज्ञापन दाता, विभिन्न संघसंस्थाहरु, स्थानीय सरकारहरु, प्रेस काउन्सील नेपाल, पत्रकार महासंघ लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौँ । 


श्रीधर उपाध्याय
सम्पादक 
विजय खबर पत्रिका