नेकपा एमाले गँैडाकोटको आज वडावडाबाट प्रतिनिधि छनोट हुँदै  

२०७८ कार्तिक ९ मंगलबार ०८:१६:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेको नगर अधिवेशन कार्तिक ११ गते हुँदैछ ।   केही वडाहरुमा नयाँ नेतृत्व चयनमा विवाद उत्पन्न भएपछि नेकपा एमाले गैँडाकोट नगर कमिटिको अधिवेशन ११ गतेका लागि सारिएको थियो । यस अघि पार्टिको केन्द्रीय निर्णय अनुसार कार्तिक ९ गतेका लागि नगरतहको अधिवशेन तोकेको थियो । कार्तिक ११ गते गैँडाकोट नगरपालिका वडा नं. १३ मा रहेको कालाबञ्जरा रिर्सोटमा नगर अधिवेशन तय भएको नेकपा एमाले नवलपुरका सचिवालय सदस्य एवंम् गैँडाकोट नगर ईन्चार्ज यमुनाथ आचार्यले बताउनुभयो । नगरका १८ वटा वडाहरुबाट झण्डै २५० जना प्रतिनिधिहरु नगर अधिवेशनका लागि छनौट हुने इन्चार्ज आचार्यले बताउनुभयो । प्रतिनधि छनौटका लागि हरेक वडाहरुमा आज दिउँसो एमालेले भेलाको आयोजना गरेको छ । प्रत्येक वडामा ५ जना सदस्यबराबर एक जना प्रतिनिधि छनोट हुने इन्चाज आचार्यको भनाइ छ । 
गैँडाकोट नगरपालिका वडा नं. २, ८, र १८ मा वडाको नेतृत्व चयन बाँकी छ । आज बेलुका सम्ममा यि वडाहरुको नेतृत्व चयन सकिने नेकपा एमाले गँैडाकोटले जनाएको छ । 
गैँडाकोट २ मा देशवन्धु सिग्देल र राजुु भूसाल विच प्रतिष्पर्धा रहेको छ । त्यसैगरी वडा नं. ८ मा नेता श्रीहरी चालिसे, नविन सापकोटा, राजु सापकोटा, टिकाराम सुवेदीले अध्यक्षमा अडान राखेको नगर इन्चार्ज आचार्यले बताउनुभयो । १८ मा भोैगोलिक रुपमा टाढा रहेको हुँदा ढिलाइ भएको र त्यहाँ कुनै विवाद नभएको नगरइन्चार्ज आचार्यले बताउनुभयो ।