देवचुली फारमचोकबाट जुवातास खेल्ने पाँच जना पक्राउ 

२०७८ कार्तिक ८ सोमबार १९:३३:०० मा प्रकाशित


नवलपुरको देवचुली नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । देवचुली १७ फारम चोक स्थित नौलासिंह घर्तीमगरको घरमा जुवातास खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दिलिप कुमार गिरिले बताउनुभयो । ५० वर्षिय नौलासिंह घर्तीमगर, ३५ वर्षका चित्रबहादुर मगर, ३२ वर्षका अजय उपाध्याय, ५१ वर्षका भिमसिंह गुरुङ, ४७ वर्षका टुकबहादुर गुरुङ पक्राउ परेका हुन् । २९ हजार ८१० रुपैँया सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुषन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दिलिप कुमार गिरिले बताउनुभयो । तिहार आउनुपूर्व जुवातास खेल्ने प्रवृत्ति रहेको छ । सट्टेबाजी र लेनदेन रकमका लागि जुवातास खेल्नु अपराध हुने भएकाले प्रहरीले जिल्लामा अनुगमन तिव्र पार्दै गएको छ ।