दशैँमा गैँडाकोटका नगर प्रमुख र उपप्रमुखको आग्रह 

२०७८ असोज २७ बुधबार १७:२७:०० मा प्रकाशित

गैँडाकोट । विजयादशमीको अवसरमा गैँडाकोटका नगर प्रमुख र उपप्रमुखले आफ्नो स्वास्थ्यको ख्याल गर्दै सभ्य र मर्यादित रुपमा दशैँ मनाउन आग्रह गर्नुभएको छ ।

नगर प्रमुख छत्रराज पौडेलले कोभिड १९ को सम्भावित संक्रमणको जोखिमबाट जोगिन आग्रह गर्नुभएको छ । विजयदशमीको पावन अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले कोभिडको संक्रमण दर कम भएपनि जोखिम उत्तिकै रहेकाले आहार ब्याहार र ध्यान योगामा जोड दिन आग्रह गर्नुभयो । विजय एफएमसँग कुराकानी गर्दै नगरप्रमुख पौडेलले चाडबाड मनाउने सन्दर्भमा खानपानमा ध्यान दिन आग्रह गर्नुभएको छ । 

यस्तै नगरपालिकाका नगर उपप्रमुख बिष्णुकुमारी कंडेलले नगरबासीलाई स्वास्थ्य सचेतता अपनाउँदै दशैँ मनाउन आग्रह गर्नुभएको छ । वडादशैँको शुभकामना दिदै उहाँले कोभिडका विषयमा सचेत रहन आग्रह गर्नुभएको हो । दशैँका बेला गैँडाकोटमा अन्यायमा परे भन्ने सुन्न नपरोस् भन्दै उहाँले परिवारका सदस्य मिलेर खुशी भएर दशैँ मनाउन आग्रह गर्नुभएको छ ।