थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना

२०७८ असोज २४ आइतबार ०७:४८:०० मा प्रकाशित

 

काठमाडौँ – देशभरको मौसमा सामान्यतया सफा रही केही क्षेत्रमा आंशिक बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली भने अहिले नरहेको मौसमविदले बताएका छन् ।

अहिले देशभरको मौसम सामान्यतया सफादेखि आंशिक बदली रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।