आज विश्व मानसिक स्वास्थ्य दिवस

२०७८ असोज २४ आइतबार ०७:३८:०० मा प्रकाशित


गैँडाकोट । आज विश्व मानसिक स्वास्थ्य दिवस चेतनामुलक कार्यक्रम गरि मनाईदै छ ।

मानसिक स्वास्थको विभिन्न मुद्धा अनि परिवेशले ल्याएको चुनौतीलाई बिश्व भरि मिलेर सामना गर्न सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशहरुमा विभिन्न कार्यक्रम गरि विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिन्छ । बढ्दो आधूनिकता, बदलिंदो जीवनशैली अनि बढ्दो मानवीय महत्वाकांक्षाका कारणले मानिसहरुमा लामो समयसम्मको निराशापना, मानसिक असन्तुलनका कारण आत्महत्या लगायतका समस्याहरु बढिरहेका छन् ।

यो दिवसले संसारमा मानसिक स्वास्थ्य सम्बन्धि मुद्दाहरू, समस्याहरु अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरुका बारेमा चेतना जागृत गरिन्छ ।