गैँडाकोट २ मा क्यान्सर सचेतना कार्यक्रम

२०७८ असोज २३ शनिबार १५:४२:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट २ मा आज क्यान्सर सचेतना कार्यक्रम भएको छ । स्तन क्यान्सर पाठेघरको मुखको क्यान्सर, बालबालिकालाई हुन सक्ने क्यान्सरका बिषयमा सचेतना प्रदान गरिएको हो । लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ स्पन्दन र गैँडाकोट उत्कृष्टको संयुक्त आयोजनामा क्यान्सर सचेतना कार्यक्रम गरिएको हो । 
कार्यक्रममा लायन्स ईन्टरनेशनल ३२५ बि टु का डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टले क्यान्सर रोगका बारेमा सचेतना जगाउन कार्यक्रमले टेवा पुग्ने बताउनुभयो । उहाँले लायन्सकर्मीहरुले सामाजिक कार्यगर्न अग्रसर रहेर काम गर्नुपर्ने बताउनुभयो । यस्तै गैँडाकोट २ का वडाध्यक्ष धु्रवराम पौडेलले लायन्स क्लबले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै निरन्तरता दिन आग्रह गर्नुभयो । 
सचेतना कार्यक्रममा लायन्स ईन्टरनेशनल ३२५ बि टु का डिष्ट्रिक सचिव प्रभाकर पण्डित, लायनकर्मी राजेन्द्र गौतम, पूर्णप्रसाद शर्मा, महेन्द्र स्मारक आधारभुत विद्यालयका प्रधानाध्यापक शिवराज काफ्ले, धौलागिरि टोल विकासका संस्थाका अध्यक्ष विष्णु पन्थी, छहारी टोलका पूर्णचन्द्र पोखरेल, शिलान्यास टोलका नारायण सुबेदी, मनकामना टोलका भागीरथी सुबेदी, कार्यक्रम संयोजकहरु चिरञ्जीवि ढकाल, तुलसीराम पौडेल, अविनाश श्रेष्ठ, सञ्जय ढकाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको अध्यक्षतामा भएको थियो ।