पानीको मुहान संरक्षणमा जयश्री वनको जोड्

२०७८ असोज २२ शुक्रबार १६:१२:०० मा प्रकाशित



गैँडाकोट नगरपालिकाका उपप्रमुख बिष्णुकुमारी कँडेलले सामुदायिक वनले उपभोक्ताको हितका लागी काम गर्नुपर्ने बताउनुभएको छ ।जयश्री सामुदायिक वन उपभोक्ता समुहको १९ औ बार्षिक साधारण सभामा बोल्दै  गरिवी निवारणमा सामुदायिक वनको भुमीका महत्वपूर्ण रहेको बताउनुभयो । कँडेलले गरिवी निवारणमा गरिने गर्न लगानीलाई प्रभावकारी बनाउन पनि आग्रह गर्नुभएको छ । साथै उहाँले खानेपानीका मुहान संरक्षणमा पनि वनले ध्यान दिनुपर्नेमा जोड् दिनुभएको छ । 
त्यस्तै डिभिजन वन कार्यलय नवलपुरका प्रमुख मोहनराज काफ्लेले सामुदायिक वनले अब उत्पादनमा जोड्दिनु पर्ने बताउनुभएको छ । सामुदायिक वन समुदायको रहेकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउदैँ प्रमुख काफ्लेले जयश्री सामुदायिक वनले गरेको काम प्रशंसायोग्य रहेको बताउनुभयो । 
जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमीरेले वनमा हुदैँ आएका काम लाई निरन्तरता दिदै जाने बताउनुभयो ।साथै वन भित्ररहेका पानीका मुहानको खोजी गर्ने र संरक्षण गर्ने लक्ष्य रहेको बताउनुएको छ ।

कार्यक्रममा बोल्दै सामुदायिक वन जिल्ला महासघं नवलपुरका प्रमुख ठाकुर पाण्डेले स्थानीय स्तरका वन ऐन वनाउन जनप्रतिनिधीले चासो नदिदा काममा सोचेजस्तो उपलब्धि हुन नसकेको बताउनुभयो । त्यस्तै सामुदायिक वन उपभोक्ता महासघं गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले जयश्री सामुदायिक वनले उपभोक्ताको हितको लागी काम गदैँ आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 
सव डिभिजन वन कार्यलय गैँडाकोटका प्रमुख सुर्य सिह गुरुङले वनको संरक्षण र विकासका लागी वनले योजना बनाएर सोही अनुरुप काम गर्नुपर्ने बताउनुभयो । वनको संरक्षणमा वनको मात्र नभई उपभोक्ताको भुमिका पनि महत्तजपूर्ण हुने उहाँको भनाई छ ।


कार्यक्रममा गैँडाकोट ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपाने, नन्दन वनका अध्यक्ष धनश्याम कंडेल, उपभोक्ता कमला तिवारी , दिनेशराज न्यौपाने लगायतले शुभकामना मतव्य राख्नृुभएको थियो ।
कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गदै वनका सचिव गिता दाहालले वनको खण्ड नम्बर ५ मा पर्ने चुनपोले पाखामा वातावरणीय बाल उद्यान थप व्यवस्थित गर्ने बताउनुभयो । साथैँ उहाँले होमनाथ स्मृति वातावरण मैत्री बाल उद्यान व्यवस्थित र जयश्री खोला बाधँ बाधी वोटि∙ ताल निमाण गर्ने बताउनुभयो । कार्यक्रममा आर्थिक प्रतिवेदन वनका कोषाध्यक्ष मिनबहादुर अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने लेखासमिती प्रतिवेदन लेखा समिती संयोजक बिष्णुप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । 
साधारण सभामा पूर्वकार्य समिती र केही उपभोक्तालाई सम्मान गरिएको थियो । वनको सभाहलमा भएको कार्यक्रममा स्वागत मतव्य वनका उपाध्यक्ष सूर्यप्रसाद पराजुलीले राख्नुभएको थियो ।