स्वर्ण महोत्सवको अवसरमा कालिका मा.विमा अभिभावक खेलकुद कार्यक्रम
गैँडाकोट। कालिका नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा आइतबार अभिभावकहरुका लागि आयोजित खेलकुद कार्यक्रम सम्पन्न भएको छ । खेलकुद कार्यक्रम अन्र्तगत अभिभावकहरुका लागि व्याडमिन्टन र म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको थियो । दुबै खेलमा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
ब्याडमिन्टन प्रतियोगितामा अभिभावक कुसुम सुवेदीले प्रथम स्थान र चन्द्रबहादुर विश्वकर्माले द्वितिय स्थान हासिल गर्नुभएको छ । त्यसैगरी, अभिभावकहरुका लागि आयोजित म्युजिकल चियर प्रतियोगितामा सीता पौडेलले प्रथम स्थान, पुष्पा तामाङले द्वितिय स्थान, भगवती आचार्यले तृतिय र मालती आचार्य शर्माले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।

दुबै प्रतियोगिताका विजेता अभिभावकहरुलाई प्रमाणपत्र र पुरस्कार बितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष केशवप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।
भोलि विहान ७ बजेबाट गैँडाकोट नगरभित्रका विद्यालय स्तरीय ५ ए साइड फुटसल प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले जानकारी दिनुभयो । सो प्रतियोगितामा गैँडाकोट नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरि २० वटा विद्यालयको सहभागिता रहने छ ।