राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

२०८२ मङ्सिर २१ आइतबार १४:३१:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।


शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्थाअनुसार सो प्रतिवेदन पेस गरिएको हो । रासस