लोक सेवा आयोगले माग्यो १ सय ७० कर्मचारी

२०८२ कार्तिक २६ बुधबार १२:३९:०० मा प्रकाशित

काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ । आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्राङ्कित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूमा १ सय ७० जनाको लागि आवेदन खुलाएको हो ।

 

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक नागरिकले आगामी मङ्सिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर मङ्सिर २३ गतेसम्म आवेदन दिन सकिने छ।