थापाथलीको ट्राफिक प्रहरी कार्यालय भत्काउन पुग्यो महानगरको डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथली चोकमा रहेको राममन्दिर परिसर नजिक रहेको अवैध संरचना भत्काएको छ ।
शुक्रबार त्यस क्षेत्रमा रहेका टहराहरु भत्काएको महानगरले आइतबार गुठी संस्थानको जग्गा बनाइएका संरचनामाथि डोजर चलाएको छ । जसअन्तर्गत थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालय नजिक रहेको एक खाजा घरलाई महानगरले भत्काएको हो ।
थापाथलीस्थित गुठी संस्थानको जग्गामा रहेको ट्राफिक प्रहरी कार्यालय समेत भत्काउन खोजेपछि ठूलो संख्यामा नेपाल प्रहरी तैनाथ गरिएको थियो । ट्राफिक प्रहरीको आग्रहमा उक्त भवन खाली गर्न सात दिनको समय दिइएको महानगरले जनाएको छ ।