नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार उक्त बैठक अब २०८२ साल कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ।
केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ। केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ।