श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमद्धारा बृहत मोटरसाइकल ¥याली हुने

२०८२ श्रावण ३ शनिबार १३:२०:०० मा प्रकाशित

गैडाकोट । नवलपरासी बर्दघाट सुस्तापूव गैडाकोट ७ मा रहेको श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमद्धारा बृहत मोटरसाइकल ¥याली हुने भएकोे छ ।


शनिवार मन्दिरको प्राड्डढ गैडाकोट ७ सितलनगर गैरीमा कार्यक्रम गदै श्रावणीय सोमबारहरूमा आयोजित बोलबम महोत्सव एवं धार्मिक अनुष्ठान कार्यक्रम सफलताको लागि बृहत मोटरसाइकल र्याली हुनेभएको हो । सनातन धर्म र हिन्दु संस्कृति, प्रवर्धन र संरक्षणको निम्ती एवं गैडाकोटका विभिन्न मठ मन्दिरको दर्शनको लागि बृहत मोटरसाइकल ¥यालीको आयोजना गरिएको मन्दिरका अध्यक्ष डिलाराम सापकोटाले बताउनुभयो।


मोटरसाइकल र्याली दिउँसो २ बजेर ४५ मिनेट पछि मन्दिरको प्राड्डढ बाट शुरु भई नगरका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गरेर पुःन मन्दिरको प्राड्डढमा फर्केर कार्यक्रमको समापन हुने मन्दिरका सहसचिव भानु सापकोटाले जानकारी दिनुभयो।


धार्मिक मोटरसाइकल ¥याली श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमबाट सुरु भई पूर्वपश्चिम राजमार्ग हुदै गैडाकोट ९ मा रहेको हनुमान मन्दिर हुँदै गैडाकोट १३ मा रहेको कैलाश सन्यास आश्रम पुग्नेछ । त्यसपछि अमरापुरी हुँदै भेल्लनटाँडिमा रहेको राधाकृष्ण मन्दिर पुगेर त्यहाँबाट फर्किने तालिका रहेको छ । त्यस्तै, ¥याली पूर्वपश्चिम राजमार्ग हुँदै गैडाकोट १० पितौँजीमा रहेको काटिहोम मन्दिर हुँदै गैंडाकोट वडा नम्बर ९ मा रहेको हनुमान मन्दिर लाई दाहिने पारि अगाडि बढेर पूर्वपश्चिम राजमार्ग हुँदै किसानचोकबाट भित्री बाटोबाट गैडाकोट ४ मा पुग्नेछ । कोटेश्वर शिवालयबाट अगाडि बढि ¥याली मौलाकालिका फेदी हुँदै गैडाकोट २ मा रहेको गोपेश्वर मन्दिर बाट अगाडि लागेर इलाका प्रहरी कार्यालय गैडाकोटको पछाडिको बाटो हुँदै फर्कने तालिका रहेको छ । ¥याली गैडाकोट ५ मा रहेको राधाकृष्ण मन्दिर अगाडिबाट गैडाकोट ६ मा रहेको महादेव भर्याङ मन्दिर हुदै  वडा नं ६ मा रहेको सिताराम मन्दिरको अगाडिबाट गैंडाचोक निस्कने छ । तेसपछि र्याली गैंडाकोट ८ मा रहेको कालिका मन्दिर कालिका आश्रमलाई दाहिने पारि गैंडाकोट वडा नम्बर ६ मा रहेको शिवनगर खानेपानीको कार्यालय हुँदै गैंडाकोट वडा नम्बर ७ पिसपार्क हुँदै पुःन मन्दिरको प्राड्डढ गैंडाकोट ७ शितलनगर गैरीमा गएर समापन हुने तालिका रहेको आयोजकले जानकारी दिएको छ ।


पछिल्लो समयमा मन्दिरले विभिन्न धार्मीक कार्यहरु गरि चर्चा कमाइरहेको छ । धार्मिक सामाजिक जागरण र विश्व शान्तिको कामना गर्दै हरेक हप्ताको सोमबार मन्दिर परिसरमा सामूहिक सन्ध्या आरति समेत हुँदै आएको छ जसमा स्वदेशदेखि बिदेश सम्म छरिएर रहेका स्थानियको उल्लेखनीय सहयोग भएको छ ।


धार्मिक पर्यटनको रूपमा विकास गर्नका लागि हरिहर मन्दिर पमानन्द सन्यास आश्रमले विभिन्न चाड ,पर्व ,मेला र उत्सवहरुमा फरक फरक किसिमका कार्यक्रम गर्दै आईरहेको छ । हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम गैंडाकोट ७ मा नेपालकै ठूलो परमेश्वर महाशिब लिङ र नर्मदेश्वर नदिका १०८ शिबलिङगहरु स्थापित छन ।