मूलढोकामा गणेशजीको मूर्ति राख्नु राम्रो होईन

२०७८ श्रावण २० बुधबार १०:३४:०० मा प्रकाशित

लक्ष्मीप्रसाद सोती
हाम्रो सोचमा नयाँपन, फरकपन, फुर्तिलोपन र सकरात्मक दायरा हँुदैन भने हामी जीवनमा भईरहेको, चलिरहेको काम कायमै राख्न सक्छौँ तर नयाँ किसिमको सोच भित्र्याउन सक्दैनौ । अवचेतन मनलाई क्रियाशील बनाउने क्रियालाई वास्तुमा महत्त्वपूर्ण पाटोको रुपमा हेरिन्छ । हामी ईसाई, मुस्लिम, नास्तिक, यहुदी, कुरान वा राक्षसमा विश्वास गर्छौ भन्ने कुराले कुनै फरक पर्दैन, हामि सबैसँग समान दिमागी संरचना छ ।
श्रीस्वस्थानी ब्रत कथामा आधारित हँुदा पार्वतीले गणेशजीलाई ढोकामा रेखदेखको लागि पठाउँदाको बेला महादेवले उनको शिर काटीदिएको प्रसंग आउँछ । श्री गणेशजीलाई घरको मूलढोका वा कम्पाउण्ड गेटमा राख्नु राम्रो मानिदैन । गणेशजी द्वारपाल होईनन् अधिपति हुन् । यो कुरा उत्तरपुर्व अर्थात् ईशान कोणको हकमा भने लागु हँुदैन ।
मुलधार चक्रको अधिष्ट देव गणेश हो तसर्थ मन्दिरको गेटमा भने राखिन्छ । मन्दिरमा जब प्रवेश गरिन्छ प्रवेशद्वारको डोमेन गणेशजीलाई मानिन्छ । मन्दिरलाई सात चक्रको यात्राको रुपमा लिन सकिन्छ । महावास्तु अनुसार घरको उत्तरपूर्वमा एक भन्दा बढी गणेशजी राख्नु हँुदैन । दुई वा सो भन्दा बढी गणेशजी भएमा व्यक्तिको निर्णयगर्ने क्षमतामा कमि आउँछ । उसले गर्ने हरेक नयाँ काममा दुबिधा उत्पन्न हुन्छ जसले गर्दा छिटो निर्णय गर्नसक्ने क्षमतामा ह्रास आउँछ ।


बैज्ञानिक तथ्यहरुलाई केलाउँदा हाम्रो दिमागमा गणेशजीको शिर अंकित भाग देखिन्छ । हामीले गुगलमा नर्भस सिस्टमको आकृति भनेर सर्च गर्दा यस्तो आकृति देखिन्छ जुन गणेशजीको सूड र दुइवटा दन्त निस्केको जस्तो देखिन्छ । आँखा, कुण्ड, कान, सुड र भगवान् श्री गणेशजीको नाकको बिचको रेखा समेत हामी मस्तिष्कको तस्विरमा प्रस्ट देख्न सक्छौँ । गणेशजीको लामो सुडले दुरसँग सम्बन्ध राख्दछ । जब हामीलाई कुनै दिक्कत पर्दछ तब हाम्रो विचारको दायरा फराकिलो हुनु जरुरी हुन्छ । गणेशजीको सुड बुद्धिको एक प्रतिक पनि हो । गणेशजीको अनुहार पोन्समा मिल्दोजुल्दो छ, मेडुला ट्रंकमा मिल्दोजुल्दो छ । ट्रिजेर्मल स्नायुको जराले गणेशको आँखा प्रतिनिधित्व गर्दछ, पोन्समा स्नायुहरूको समूहले टस्कलाई प्रतिनिधित्व गर्दछ । सेरिबेलमले कान जनाउँदछ । गज्जबको कुरा त यी संरचनाहरू केवल गणेश जस्तो देखिँदैन, तर मानव शरीर विज्ञानमा तिनीहरूको कार्यहरू गणेशलाई सम्बोधन गरिएको कार्यहरू र गतिविधिहरूको अनुरूप छ । घरको उत्तरपूर्वमा गणेशजी भएमा हाम्रो सोच्ने नर्भस सिस्टमको दायरा बढाउन सहयोग पु¥याउँछ । सानो विशिष्ट विवरणहरू जस्तै गणेशजीको हेड्रेसमा रातो कपडा र रेखाले सामन्तता प्रमाण दिन्छ । रातो कपडा पिट्युटरी ग्रन्थीको ठाउँमा हुन्छ । गणेश सुडको बीचमा रेखाले पोन्सको दिमागको विभाजनलाई प्रत्यक्ष प्रतिनिधित्व गर्दछ । पाइनल ग्रन्थि वा तेस्रो आँखा तपाईको दिमागमा सिधा पीएसआई चिन्हमा अवस्थित छ ।
हाम्रो पृथ्वी उत्तरपूर्वतर्फ २३.५ डिग्री ढल्केको छ र यसले सुर्यलाई परिक्रममा गर्दा सोही अवस्थामै गर्दछ । पृथ्वी आफैमा पनि घुम्दछ । पानी भएको एउटा कुवामा खाली भाडो डुबाएर पानी निकाल्दा त्यो भाडो ढल्किएको भाग तर्फबाट कुवाको पानी भाडो भित्र प्रवेश गर्छ । ठिक त्यसैगरी पृथ्वी पनि उत्तरपूर्व कोल्टेकै कारण पूर्वबाट आउने जैविक उर्जा र उत्तरबाट आउने भू–चुम्बकीय उर्जाको बढी मात्रा यहि २३.५ डिग्रीको कोल्टीएको भागबाट हाम्रो संरचनामा प्रवेश गर्दछ ।
मस्तिष्कमा रहेको पदार्थलाई मात्र विचार गर्ने हो भने हाम्रो खोपडी खोल्ने माध्यमबाट सबै चीज बनाउने तत्त्व एन्डिल हो । खोपडी खुल्दा मेरुदण्डको मस्तिष्क मेदुला अर्थात् ज्ञान आकाश जहाँ सबै महत्त्वपूर्ण जीवन केन्द्रहरू मानव शरीर रचनामा उपस्थित भई सहजै खुल्छन अनि हाम्रो सबै शरीरमा उर्जा प्राप्त हुन्छ र सकारात्मक सोचको विकास सुरु हुन्छ । सर्बप्रथम हाम्रो दिमाग खुलोस् भनेर नै सुरुमा सर्वप्रथम गणेशजीको पूजा गर्नुपर्छ भनिएको हो ।


यो ब्रÞमाण्ड अणु र अन्य थुप्रै उर्जाहरुको ग्रुप हो । गण भनेको ग्रुप हो । यो अणुहरु र अन्य उर्जाहरुको ग्रुप अर्थात् गण र यसका मालिकलाई गणपति भनिन्छ । हाम्रो घरको १६ वटा दिशाहरुमध्ये घरको उत्तरपुर्व अर्थात् घडी घुम्ने दिशामा ठिक उत्तर दिशालाई ० डिग्री हेर्दा ११.२५ डिग्रीदेखी ३३.७५ डिग्रीसम्मको हाम्रो संरचनाको भागलाई इशान दिशा भनिन्छ जुन सोच्छ मनको दिशा हो । यदि हाम्रो नयाँ सोच, बिचारको दायरा बढाउनु छ भने हाम्रो घरको उत्तरपूर्व दिशालाई सन्तुलनमा राख्न एकदमै जरुरी हुन्छ । घरको सबैभन्दा महत्त्वपूर्ण दिशा उत्तरपूर्व हो ।
अवचेतन मनलाई क्रियाशील बनाउने प्रतिकलाई महावास्तुमा महत्त्वपूर्ण पाटोको रुपमा हेरिन्छ । कसैको घरमा दक्षिण र नैऋत्य बीचको दिशामा गणेशजीको फोटो, मूर्ति वा सोसँग सम्बन्धित प्रतिक छ भने उसको बुद्धी भ्रष्ट भएको वा हँुदै गरेको संकेत हो, नयाँ सोचको पूर्णविराम हो । घरको यो दिशामा मन्दिर हुनुलाई नराम्रो पक्षको रुपमा लिईन्छ किनकि यो दिशा एक अवचेतन मनले बुझ्ने भाषामा फाल्ने वा खत्तम बनाउने दिशा हो । यदि हामीले घरमा मन्दिर बनाउदैछौ भने हामीले कुन भगवानको मूर्ति कुन दिशामा राख्न हुन्छ कुनमा हँुदैन भन्ने कुरा प्रस्ट हुनुपर्छ । मन्दिर हाम्रो स्व इच्छाले जता मिल्छ उतै राख्नु हँुदैन ।
बिपरित दिशामा मन्दिर हुन गएमा जति हामीले त्यो दिशामा बसी उक्त भगवानप्रति विश्वासको भाव अर्पण गर्दै जान्छौ उतिनै हाम्रो अवचेतन मन निस्क्रिय हँुदै जान्छ जसले गर्दा हाम्रो सोच अनुसारको परिणाम आउँदैन । उत्तरपूर्व अर्थात् ईशान दिशामा सबै भगवानलाई राख्न सकिन्छ । ख्याल गर्नुपर्ने कुरा यो दिशामा गणेशजी एक भन्दा बढी हुनु हँुदैन । अर्को सबै भगवान राख्न मिल्ने दिशा भनेको पश्चिम दिशा अर्थात् हाम्रो संरचनामा घडी घुम्ने दिशामा ठिक उत्तर दिशालाई ० डिग्री हेर्दा २५८.५० डिग्री देखी २८१.०० डिग्री सम्मको भाग हो । पश्चिम दिशा प्राप्तिको दिशा हो, जुन पञ्चतत्त्व मध्ये आकाश तत्त्वको दिशा हो । यो दिशामा भने गणेशजी एक भन्दा धेरै संख्यामा समेत राख्न सकिन्छ । यो दिशामा मन्दिर राख्दा मन्दिरको रंग सेतो हुनु राम्रो मनिन्छ किनकि आकाश तत्त्वको रंग सेतो हो र आकार गोलो राम्रो हुन्छ । आकाश तत्त्वलाइ अग्नि तत्त्वले असर पार्ने हँुदा पश्चिम दिशामा रातो रंग र त्रिभुज आकार हुनु हँुदैन ।


मस्तिष्कमा रहेको पदार्थलाई मात्र विचार गर्नेहो भने हाम्रो खोपडी खोल्ने माध्यमबाट सबै चीज बनाउने तत्त्व एन्डिल हो । खोपडी खुल्दा मेरुदण्डको मस्तिष्क मेदुला अर्थात् ज्ञान आकाश जहाँ सबै महत्त्वपूर्ण जीवन केन्द्रहरू मानव शरीर रचनामा उपस्थित भई सहजै खुल्छन अनि हाम्रो सबै शरीरमा उर्जा प्राप्त हुन्छ र सकारात्मक सोचको विकास सुरु हुन्छ । सर्बप्रथम हाम्रो दिमाग खुलोस् भनेर नै सुरुमा सर्वप्रथम गणेशजीको पूजा गर्नुपर्छ भनिएको हो ।
हामीले किबोर्डमा थिचेको अच्छरलाई कम्प्यूटरले आफ्नो सी प्रोग्रामिंग भाषामा काम गर्छ त्यस्तै हाम्रो अवचेतन मन अर्थात् सव कन्सियस मस्तिष्कले र∙ अथवा आकारलाई छिटो ग्रहण गर्दछ । त्यसैले वास्तुमा कुन दिशामा कुन र∙ लगाईएको छ र कुन आकारको वस्तुहरु राखिएको छ त्यो महत्वपूर्ण हुन्छ । पञ्चतत्त्वमध्ये उत्तरपूर्व जल तत्वको दिशा हो र यसको आकार तरंग (वेभ) जस्तो हुन्छ भने रंग निलो र कालो भन्ने जनाउँछ । आ–आÇनो धर्म अनुसार घरको मूल ढोकामा दिशा अनुसारको रंग भएको स्वस्तिक, अल्लाहको प्रतिक, जिससको क्रस चिन्ह राख्नु शुभ हुन्छ । वास्तुका ४५ उर्जाहरुमध्ये उत्तरपुर्वमा दिती र सिखी नामको उर्जाले काम गर्दछ । घरका सदस्यहरुमा जुनसुकै काम गर्दा पनि के गर्ने ? किन गर्ने ? र कसरी गर्ने ? भन्ने सकरात्मक उत्प्रेरणा हरियो रंग युक्त दिती उर्जाले दिने गर्दछ । मानव जीवनमा नयाँ सोचको उत्पादन गर्ने बल उत्तरपूर्वमा रहेको अर्को निलो रंगयुक्त सिखी उर्जाले दिने गर्दछ ।
हामी इच्छा पूर्ती गर्न र मनलाई शान्ति दिलाउन प्राय मन्दिर, मस्जिद, चर्च जान्छौ तसर्थ मनलाई एकाग्र बनाउन हाम्रो मन्दिर, चर्च, मस्जिद बनाउँदा पञ्चतत्त्वलाई सन्तुलन कायम गरेर निर्माण गर्न जरुरी छ ।
(लेखक सोती, वास्तुविद, सिभिल इन्जिनियर एवम् नेपाल ज्योतिष परिषद्को केन्द्रीय सदस्य समेत हुन । )