चितवनको रामपुरमा अनुपम फर्निचर उद्योगमा आगलागी, ४५ लाख बराबरको क्षति

0

चितवन,फागुन २२ । चितवनको भरतपुर महानगरपालिका–१९ रामपुरस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । सोही ठाउँ बस्ने मधु सापकोटाले संचालन गर्दै आउनुभएको विक्रम चोकमा अवस्थित अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट करिव ४५ लाख बरावरको क्षती भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
गएराति ११ बजेर १० मिनेट जाँदा लागेको आगो १२ बजेर ३५ मिनेटमा नियन्त्रणमा आएको थियो । आगलागीबाट काठबाट बनेका सामानहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन् । थापाका अनुसार आगलागीपछि भरतपुर महानको २ र खैरहनी नगरपालिकाको १ दमकल सहित प्रहरी,सशस्त्र, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको थापाले बताउनुभयो ।

Share.

Leave A Reply