प्रचण्ड–माधव समूहको संसदीय दलमा प्रचण्ड

0

गैँडाकोट,फागुन २२ । अन्तत पार्टी कुन हो भन्ने आधिकारिक टुँगो नलाग्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहले पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरेको छ । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको संसदीय दलको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

संसदीय दलका ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मतरूपमा संसदीय दलको नेतामा चयन गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले फागुन १९ गते संसदीय दलका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक बोलाउन माग गरेअनुसार शुक्रवार बैठक बसी प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरिको बताउनुभयो । संसदीय दलको बैठकमा एक सय ११ जना सांसदहरूको हस्ताक्षर भएको भन्दै आफ्नो पक्षमा संसदीय दलमा अत्यधिक बहुमत रहेको उहाँले दाबी गर्नुभयो ।

संसदीय दलको बैठकले फागुन १८ गते ताप्लेजुङमा भएको आगलागीको घटनामा पीडितहरूको उद्धार र राहतको मागसमेत गरेको छ । त्यसैगरी शुक्रवार नै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शान्तिपूर्ण बाटोमा लाग्न गरेको निर्णयलाई बैठकले स्वागत पनि गरेको छ । पुनस्थापित संसदको बैठक भोलि दिउसो ४ बजेका लागि आह्वान गरिएको छ ।

Share.

Leave A Reply