गैँडाकोट ४ मा कोरोना विरुद्ध खोपका सन्दर्भमा अभिमुखिकरण

0


गोमा शर्मा
फागुन २१ गैँडाकोट । गैँडाकोट नगरपालिका वडा न. ४ मा आज कोरोना विरुद्ध खोपका सन्दर्भमा अभिमुखिकरण गरिएको छ ।

कार्यक्रमा बोल्दै गैँडाकोट नगरपालिकाका स्वास्थ शाखा प्रमुख झलकराज पौडेलले ६५ बर्ष भन्दा माथिमाका बृद्धाबृद्धालाई कोरोना बिरुद्ध खोप लगाउने बताउनुभयो । २३ गतेदेखि २६ गतेसम्म गैँडाकोट नगरपालिकाको १८ वटै वडामा नै कोरोना बिरुद्ध खोप लगाउने उहाँको भनाई छ ।

कार्यक्रमका अध्यक्ष गैँडाकोट ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडा न. ४ को दुई स्थानमा कोरोना खोप लगाउने पनि बताउनुभयो । शिवालय नमुना टोल, महादेव टोल, शान्तीश्री टोल, खयरटाडी टोलबासीलाई स्वास्थ्य आधारभुत इकाइ र कालीगण्डकी टोल, झपर्दी टोल, शुभश्री टोलबासीलाई सानो जनक स्कुलमा खोप लगाईने न्यौपानेले बताउनुभयो ।

Share.

Leave A Reply