‘फुलबुट्टे सारी सपक्कै पारी’मा काँग्रेस नेता विश्व प्रकाशका परिवारको अभिनय

0

गैँडाकोट,फागुन १७ । पछिल्लो समय निकै चर्चा पाइरहेको गित फुलबुट्टे सारी, सपक्कै पारीमा नेपाली काँग्रेसका चर्चित नेता एवम पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माको परिवारले पनि अभिनय गरेका छन् ।

कभर सङ बनाएका उनीहरुको अभिनयसँगै शर्माका श्रीमती र छोरीको स्वरले पनि धेरैको मन तानिरहेको छ । उक्त भिडियोमा सवै परिवारले अभिनय गरेका छन् ।
छोरी स्वीकृति शर्मा सानु र श्रीमती कविताको कभर सङ शर्मा आफैले फेसवुकमा शेयर गरी आफ्नै नामको युटुव च्यानलमा सार्वजनिक गर्नुभएको छ ।
बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले समेत यो गित गायर मिथिला शर्मासँग अभिनय गरेको भिडियो पनि अत्यधिक रुचाइएको यसमा शर्मा परिवारले पनि आफ्नो कला प्रस्तुत गर्नुभएको हो ।

भिडियो
नोभेम्वर ४, सन् २०२० मा मार्मिक लामाको स्वरमा राजनराज सिवाकोटीको संगितमा देविथान म्युजिकले युटुवमा सार्वजनिक गरेको गित आजसम्म १ करोड ९९ लाख बढिले हेरेका छन् । सोना लिम्वु र आनन्द सिँ दनुवारको अभिनय रहेको छ । त्यसपछि फिमेल भर्सनमा आएको गित अझ हिट भएको छ । मिलन नेवारको स्वरमा केन्द्र मोसन पिक्चर नामक युटुव च्यानलबाट पल शाहा र मालिका महतको अभियन रहेको यो गित डिसेम्वर ५,सन २०२० मा सार्वजनिक गरिएको थियो । हालसम्म ३ करोड ६१ लाख बढिले हेरिसकेका छन् ।

Share.

Leave A Reply