बृहत सांस्कृतिक कार्यक्रम सहित गैँडाकोटमा आज मगर एकता दिवस मनाइने

0

गैँडाकोट, फागुन १५ । गैँडाकोटमा आज बृहत सांस्कृति कार्यक्रम सहित ३९ औँ मगर एकता दिवस मनाइने भएको छ ।

नेपाल मगरसंघ गैँडाकोट नगर समितको आयोजनामा करिव एक दर्जन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सहित कार्यक्रम हुने अध्यक्ष दुर्गबहादुर मसाराङ्गीमगरले जानकारी दिनुभयो । उहाँका अनुसार गैँडाकोट ८ लखन चोकमा विहान १० बजेबाट कार्यक्रम सुरु हुने छ ।
नेपाल मगर सांस्कृतिक सघ नगर समितिको विशेष सक्रियतामा मगर जातीहरुको कला संस्कृतिलाई विशेष प्राथमकिता दिँदै नृतहरुसमेत प्रस्तुत हुने भएको छ । साथै कुनैपनि समूह तथा व्यक्तिले आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहे अवसर प्रदान गरिने मगरले बताउनुभयो ।

त्यस्तै ३९ औँ मगर दिवसको अवसरमा आजनै देवचुलि नगरपालिका वडा नम्बर १० मा, मगर परिकार, कौराह नृत्य सहित राष्ट्रिय कलाकारहरुको सहभागीतामा कार्यक्रम हुने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति , नवलपुरका अध्यक्ष इन्द्र फाल मगरका अनुसार मौलिक मगर संस्कृतिलाई विशेष स्थान दिएर दिवस मनाइने जानकारी दिनुभयो ।

Share.

Leave A Reply