लियो मौलाकालिकाद्वारा विपन्न परिवारलाइ खाद्यान्न हस्तान्तरण

0


फागुन १२, गैँडाकोट । लियो कल्ब अफ गैंडाकोट मौलाकालिकाले अति विपन्न परिवारलाइ खाद्यान्न हस्तान्तरण गरेको छ ।
सामाजिक काममा समर्पित लियो क्लब अफ गैंडाकोट मौलाकालिकाले गैँडाकोट ७ मा दिवङ्गत भएका सुनमाया परियार र सेतिमाया दराइको घरमा पुगी खाद्य सामग्री हस्तान्तरण गरेको हो । जाहा विपत त्यहा लियो भन्ने भावका साथ अति विपन्न वर्गका लागि आफ्नो खाजा खर्च कटाएर खाद्यान्न सामाग्री वितरण कार्यक्रम लिएर घरमा नै पुगेर सामाग्री प्रदान गरेको क्लबका अध्यक्ष कविर गौतमले बताउनुभयो ।
सो अवसरमा गैंडाकोट वडा न ७ का जनप्रतिनिधि लिला कुमाल, छलिमाया परियार, लियोका पदाधिकारीहरुसँगै केशव ढुंगाना, दामोदर पाण्डे, लोकेन्द्र पौडेल, पत्रकार राजेन्द्र पौडेल लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण क्लबका सचिव श्याम चापागाईले गर्नुभएको थियो ।

Share.

Leave A Reply