निर्णय प्रक्रियामा महिलाको भुमिका विषयमा अभिमुखिकरण

0


फागुन १२, गैँडाकोट । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोटले निर्णय प्रक्रियामा महिलाको भुमिका र सशक्तिकरणका विषयमा अभिमुखिकरण गरेको छ ।

संस्थाको सभाहलमा भएको १ दिने अभिमुखिकरण कार्यक्रममा महिलालाई सामाजिक तथा आर्थिकरुपमा सबल बन्न गर्नुपर्ने कामका विषयमा सचेत गराईएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष भूपाल सिंह छन्त्याल थापाले निर्णय तहमा महिलाको भूमिका अधिक हुनुपर्ने भन्दै सदस्यको सन्तुष्टि नै आफ्नो पहिलो प्रथामिकता भएको बताउनुभयो ।

भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाका उपाध्यक्ष शेरबहादुर कार्कीले संस्थाले सामाजिक उत्तरदायित्वको भूमिका खेलेको भन्दै प्रशंसा ब्यक्त गर्नुभयो । महिला समूहकी अध्यक्ष पार्वती भण्डारी, उपाध्यक्ष गिता क्षेत्रीले महिलाको भुमिकाका विषयमा धारणा राख्नुभएको थियो । संस्थाका शिक्षा उप समिति संयोजक फूलूमाया पराजुली, ब्यवस्थापक शिव पौडेल, पब्लिक रिलेशन अफिसर गजेन्द्रबहादुर क्षेत्रीले अभिमुखिकरण गर्नुभएको थियो । तालिमका संस्थामा आवद्ध ६० जना महिला सदस्यको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply