यहि शुक्रबार फेमिली क्याफे गैँडाकोटमा कछार अर्गानिक खाना महोत्सव

0

सांकेतीक तस्वीर । पाल्पामा केही समय पहिले भएको मगर समुदायको खाना महोत्सवको तस्वीर

गैँडाकोट, १२ फागुन । गैँडाकोटमा गर्न लागिएको कछार अर्गानिक खाना महोत्सवको प्रचार प्रसार तिव्र पारिएको छ । यहि फागुन १४ गते शुक्रबार गैँडाकोट ४ मा रहेको द फेमिली क्याफे एण्ड रेष्टुरेण्टमा सो महोत्सव हुन लागेको हो । तनुहँ गैँडाकोट सम्पर्क समाजको आयोजनामा गैँडाकोट नगरपालिका र देवघाट गाउँपालिकाको सहयोगमा सो महोत्सव गर्न लागिएको हो ।

समाजका अध्यक्ष एवम् महोत्सवका संयोजक खड्क पामी आलेमगरले प्रचारप्रसार लगायत व्यवस्थापनलाई तिव्र पारिएको बताउनुभयो । तनहुँमा उत्पादित अर्गानिक खानाको प्रवद्र्धन गर्ने हेतुले कछार अर्गानिक खाना महोत्सव गर्न लागिएको उहाँले जानकारी दिनुभयो । विभिन्न १० परिकारका अर्गानिक खानाको स्वाद लिन सकिने उहाँको भनाई छ । उहाँका अनुसार महोत्सवमा सामा काउनीको भात, गिठा, मासको बारा, वन तरुल, खयरको चिया, लोकल कुखुरा, कालो सुंगुरको मासु, बोडी, मकै, भटमासका परिकार पाईने छ ।
महोत्सवका सांस्कृतिक संयोजक हिमकुमार थापाले महोत्सवमा गायक रमेशराज भट्टराई लगायत राष्ट्रि तथा स्थानीय १ दर्जन वढि कलाकारको प्रस्तुतीसँगै थारु, मगर संस्कृती झल्कने नृत्य प्रदर्शन गरिने बताउनुभयो । महोत्सवमा २ सय र ६०० को टिकटको व्यवस्था गरिएको छ । टिकट अनुसार उनिहरुले परिकारका स्वाद लिन सक्नेछन् ।

सो अवसरमा अल्टिमेट वाटर एडभेन्चरले नारायणीमा बोटिङ्मा शनिबार बाहेक १ महिना ५० प्रतिशत छुट दिने बताएको छ । कराँदिप सामुदायिक होम स्टे देवघाट २ तनहुँ र द फेमिली क्याफे एण्ड रेष्टुरेण्ट सह आयोजक र अन्य करिब १ दर्जन संस्था सहयोगीका रुपमा रहेका छन् ।

Share.

Leave A Reply