प्रेम क्षेत्री
फागुन २, गैँडाकोट । गैँडाकोटमा भोली (सोमबार) कोरोनाविरुद्धको खोप लगाईने भएको छ ।
जिल्ला सदरमुकामसम्म जान आउन असहज भएको भन्दै गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाको पहलमा गैँडाकोटमा नै खोप लगाउने व्यवस्था गरिएको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । गैँडाकोट नगर अस्पताल भेडाबारीमा खोप लगाउने तयारी भईरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारले दोस्रो चरणमा निर्धारण गरेका व्यक्तिलाई खोप दिईने बताउनुभयो । गैँडाकोट नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीलाई खोप दिईने उहाँको भनाई छ । त्यस्तै पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, प्रहरी, पत्रकारहरुलाई पनि कोरोनाविरुद्धको खोप लगाईने उहाँले बताउनुभयो ।
उहाँका अनुसार हाल २०० जनाका लागि खोप आएको छ ।