चितवन, माघ १५ । संघीय मातहतको भरतपुर अस्पतालमा हिजोदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
खोप शुभारम्भ कोरोना भाइरस परास्त पार्ने पहिलो कदम भएको भन्दै अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले पहिलो चरणपछि अव समुदायमा स्वास्थ्यकर्मी पुग्ने बताउनुभयो ।
त्यसका लागि पनि स्वास्थ्यकर्मि पहिलो चरणमा परेको बताउँदै डा अधिकारीले खोपबारे भ्रम नफैलाउन आग्रह गर्नुभयो ।