आजदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाइदै

0

डोलराज रानाभाट, गैँडाकोट , माघ १४ । देशभर आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । हालसम्म कुल ४ लाख ३० हजार जनाको नाम अहिले सम्म खोप लगाउनेमा अभिलेख गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले सवै प्रदेश र जिल्लामा खोप पुर्याएको जानकारी दिइसकेको छ ।

नवलपुर जिल्लामा पनि आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य कार्यालय नवलपुुरका प्रमुख केशव चापागाईका अनुसार विहान १० बजे मध्यविन्दु अस्पतालमा खोप लगाउने कार्यक्रम तय भएको विजय एफएमलाई जानकारी दिनुभयो । पहिलो चरणमा १ हजार २३ जनालाई खोप लगाउने अन्तिम तथ्याङ्क आएको चापागाईले बताउनुभयो ।

आज माघ १४ गते कावासोती, देवचुली र हुप्सेकोट गाउँपालिकाका सरकारी सेवाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई खोप लगाइने छ।
माघ १५ गते भोलि गैँडाकोट, मध्यविन्दु र विनयी त्रिवेणी,माघ १६ गते वौदिकाली र बुलिङगटारका स्वाथ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविका र सोही दिननै स्थानीय तहले सिफारिस गरेर पठाएका जिल्लाभरका एम्वलुेन्स चालक र स्थानीय तहकै सरसफाइकर्मीलाई पनि सोही दिन खोप लगाइने भएको छ ।

माघ १७ गते नाम सिफारिस गरेर स्थानीय तहले पठाएका निजी क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने तालिका रहेको छ । ३० जना एम्वुलेन्स चालक, एक सय जना सरसफाइकर्मी, १३७ निजी क्षेत्रका स्वास्थ्यकर्मी, ३५९ स्वास्थ्यस्वयमसेविका र वाँकी सरकारी सेवाका स्वासथ्यकर्मीहरु रहेका छन् । खोप हिजोनै नवलपुर ल्याएको छ ।

१ हजार १७० डोज खोप आइपुगेको हो । खोप लगाउनेक्रममा केहि खोप खेर जाने भएकाले ११७० डोज खोप जिल्लामा आइपुगेको चापगाईले जानकारी दिनुभयो ।

Share.

Leave A Reply