उपेन्द्र भुषालको ‘सुहाना’ माघ १७ देखि बजारमा

0

गैँडाकोट, माघ १३ । युवा लेखक उपेन्द्र भुषालको पहिलो कृति ‘सुहाना’ यही माघ १७ गतेदेखि बजारमा आउने भएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा कृषि विज्ञान अध्ययनरत भुषालले २० वर्षको उमेरमै ‘सुहाना’ पहिलो कृति ल्याउन सफल हुनुभएको छ । सुहानामा एघार बाह्र कक्षा पढ्ने उमेरसमूहका विद्यार्थीहरुको कथा छ । माध्यमिक तह सकिएपछिका छटपटी, सपना, आशा अनि उत्साहलाई उपन्यासको कथानक बनाइएको लेखक भुषालले बताउनुभयो ।

गैँडाकोटस्थित नारायणी रिसोर्टमो यहि माघ १७ गते विमोचन हुने र सो लगत्तै पुस्तक बजारमा पाइने भएको हो । विमोचन कार्यक्रमको तयारी पुरा भएको सम्पूर्ण किताब नारायणगढले जनाएको छ ।

सम्पूर्ण किताबको आयोजनामा विमोचन कार्यक्रम हुने उक्त कृति बिएन पुस्तक संसार काठमाडौंले प्रकाशनमा ल्याएको हो ।

भुषालले पुस्तक मार्फत आफ्नै आवाज बोलेर एउटा महत्वपूर्ण प्रयास गरेको प्रकाशक बिएन पुस्तक संसारका सूर्य बिसीले बताउनुभयो । आफ्नै उमेर समूहका साथीभाइहरुको कथा उनेर पुस्तकलाई पठनीय बनाइएको उहाँको भनाई छ । ठूलो सपना साँचेर उच्च शिक्षा पढ्दै गरेका विद्यार्थीहरूको कथा भएकोले यो उमेर समूहलाई पुस्तक मनपर्ने उहाँको दावी छ ।

Image may contain: Upendra Bhusal, text that says 'युवा लेखक उपेन्द्र भुषालको पहिलो पुस्तक: 'सुहाना' को विमोचन समारोहमा सम्पूर्णमा हार्दिक उपेन्द्र निमन्त्रणा मिति: यहि माघ १७ गते शनिबार स्थान: गैंडाकोट, नारायणी रिसोर्ट समय: दिऊँसो २ बजे सुहाना भुषाल उपेन्द्र'

Share.

Leave A Reply