निर्वाचनमा जुट्न सबै दलहरुलाई राप्रपा अध्यक्ष थापाको आह्वान

0

गैँडाकोट, माघ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मध्यावधी निर्वाचनमा जुट्न सबै दलहरुलाई आह्वान गर्नुभएको छ ।

आइताबर भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले यदी देश चुनावमा नगए अझ बढी अस्थिरता, अराजकता र मुठभेड आउने बताउँदै दलहरुलाई सडकमा नभई जनताको घरदैलोमा जान आह्वान गर्नुभएको हो ।

 

सर्वसत्तावादलाई तह लगाउन पनि चुनावमा जानुपर्ने अध्यक्ष थापाको तर्क थियो । राप्रपाको अहिले नै चुनाव माग नभए पनि अप्रत्याशित घोषणा गरिएको चुनाव स्वीकार्नु पर्ने र अबको चुनावले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको अवस्था के रहन्छ भन्ने निक्र्योल गर्ने उहाँको भनाइ छ ।

अदालतमा विचाराधीन रहेको मुद्दाको बहस र सुनुवाई लामो समयसम्म रहिरहँदा देशभित्र कै र विदेशी शक्तिहरुको चलखेल बढ्ने भएकाले अदालतले यसको निर्णय जतिसक्दो चाँडो गर्नुपर्ने अध्यक्ष थापाको भनाई छ ।

यसैविच चितवनपछि आज नै नवलपुरको कावासोतीमा राप्रपा नवलपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोद्धन गर्दै उहाँले अहिलेको मुल संकट भनेको दोस्रो जनआन्दोलन भएको बताउनुभएको छ ।

पूर्व उपप्रधान मन्त्री समेत रहनुभएका थापाले संसद पुनस्थापना गरेर केपी ओलीको सट्टा प्रचण्ड वा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदैमा समस्या हल नहुने बताउनुभएको थियो ।

Share.

Leave A Reply