कोरोनाविरुद्धको खोप लगाउन नवलपुरमा ७३८ जनाले नाम लेखाए

0

डोलराज रानाभाट, गैँडाकोट, माघ ११ ।
नवलपुरमा कोरोना विरुद्धको खोप लगाउन पहिलो चरणमा आजसम्म ७३८ जनाले नाम टिपाएका छन् । स्वास्थ्य कार्यालय नवलपुरले तिव्र पारेको नामावली अभिलेखिकरणका समय सात वटा स्थानीय तहबाट उक्त संख्यामा नामावली आएको हो ।

कार्यालयका प्रमुख केशव चापागाईका अनुसार स्थानीय तहहरुले अनलाईन सफ्टवेयरबाट नाम र ठेगाना प्रविष्ट गराउने गरेका छन् । सोही अनुसार खोप मगाउने बताउँदै चापागाईले भोलिसम्म स्थानीय तहबाट नामावली संकलन गरिने बताउनुभयो । प्रदेशबाट खोप मगाउने गरी तयारी पूरा भएको र अहिले नामावली संकलन कार्यलाई अन्तिम चरणमा पुर्याइएको चापागाईले जानकारी दिनुभयो ।

आज सम्म गैँडाकोट नगरपालिकाबाट २०१ जना, विनयी त्रिवेणी गाउँपालिकाबाट ९६ जना , बुलिगटारबाट ३३ जना, देवचुलीबाट १९६ जना, हुप्सकोेटबाट ४३ जना , कावासोतीबाट ८४ जना र मध्यविन्दुबाट ८५ जनाले नाम लेखाएका छन् ।

बौदिकालिबाट नामावली आउन वाँकी रहेको र भोलि सम्म सवै विवरण सर्वाजनिक हुनेछ । जिल्लामा खोप भण्डारको क्षमता राम्रो रहेको बताउँदै फ्रिजहरुमा २ देखि ८ डिग्रि सेन्टीग्रेड चिसोमा राख्ने गरी व्यवस्थापन भएको पनि चापागाईले जानकारी दिनुभयो ।

 

सफ्टवेयरमा आएको विवरण अनुसार प्रदेशबाट खोप मगाएर लगाइने उहाँले बताउनुभयो । पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्य स्वयम्सेविकाहरुलाई खोप दिइने छ ।

Share.

Leave A Reply