गैँडाकोटका १ जना कोरोना संक्रमितको चितवनमा मृत्यु

0

गैँडाकोट, माघ ६ । गैँडाकोट नगरपालिका वडानम्वर १३ का एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

भरतपुर अस्पतालका अनुसार गैंडाकोट १३ बस्ने ५५ वर्षीय पुरुषको आज साँझ ६ बजेर ५ मिनेटजाँदा मृत्यु भएको हो ।

पौष २३ गते भरतपुर अस्पतालमा भर्ना हुनुभएको उहाँलाई पौष २६ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि हिजो कोभिड आइसीयूमा राखी उपचार गरिएको थियो । उपचारका सबै उपायहरु गर्दा गर्दै मिति कोभिड १९ बाट सृजना हुने निमोनियाका कारण निधन भएको अस्पतालले जनाएको छ ।

Share.

Leave A Reply