मेलमिलापकर्ताका लागि गैँडाकोटमा पुनर्ताजकी तालिम शुरु

0

माया कडेँल, गैँडाकोट, माघ ६ । गैँडाकोटका मेलमिलापकर्ताका लागि पुनर्ताजकी तालिम आजदेखि शुरु भएको छ ।

गैंडाकोट नगरपालिका न्यायिक समितिको आयोजनामा विजय विकास स्रोत केन्द्रको सभाहलमा आज देखि शुरु भएको तालिमको उद्घाटन समारोहमा बोल्दै न्यायिक समिति संयोजक एवम् नगर उपप्रमुख बिष्णुकुमारी कंडेलले न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दिएर अगाडी बढेको बताउनुभयो ।

गैडाकोट नगरपालिकाका नगरवासीलाई जित र हार भन्दा मेलमिलाप गराउन आवश्यक रहेको र यसरीनै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नगरपालिकामा ९२ जना मेलमिलापकर्ता रहनुभएको र उहाँहरुले आफै आफ्नो योगदानको मूल्यांङ्कन गर्दै अगाडी बढ्न पर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुषालले न्यायिक मनले हेरेर न्याय सम्पादन गर्न सके अन्याय नहुने बताउनुभयो ।

मेलमिलापकर्ताका लागि पुर्नतार्जगी तालिमका प्रशिक्षकका रुपमा पूर्व सेलेड संयोजक सिताराम अधिकारी र अधिबक्ता जगन्नाथ सुबेदी रहनुभएको छ । कार्यक्रममा स्वागत मन्तव्य न्यायिक समिति सदस्य छविकला पाण्डेले व्यक्त गर्नुभएको थियो ।

तालिममा गैंडाकोटका बिभिन्न वडाध्यक्ष, मेलमिलापकर्ताहरु कार्यक्रमको न्यायीक समिति सचिवालयका कर्मचारी ईश्वरीप्रसाद आचार्य, मेलमिलाप सहजकर्ता गिता न्युरे सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply