कृष्ण क्षेत्रीको नौमती बाजैमा बोलको गीत आइतबार सार्वजनिक हुने

0


निराज रानाभाट , भरतपुर
चर्चित लोक तथा दोहोरी गायक राजु परियार र गायिका कृष्ण क्षेत्रीको स्वरमा रहेको नौमति बाजैमा गीतको म्युजिक भिडियो माघ ४ गते आइतबार सार्वजनिक हुने भएको छ , यहाँ भन्दा अगाडि गीतको म्युजिक भिडियो माघ १ गते बिहीबार सार्वजनिक हुने बताइएको थियो तर प्राविधिक समस्या साथै विभिन्न कारणले गर्दा माघ ४ गते , आइतबार , गीतको म्युजिक भिडियो सार्वजनिक हुने भएको हो । नेपाली संस्कृति जोगाउने शैलीको गीतका शब्द तथा संगीत गायिका कृष्ण क्षेत्री रहेको छ । गीतको म्युजिक भिडियोमा शिशिर बुढाथोकी र गायिका कृष्ण क्षेत्रीको ठुली छोरी सञ्जिला क्षेत्रीलाई अभिनयमा देख्न सकिने छ ।

नवराज घिमिरेले छायांकन गरेको भिडियोलाई प्रकाश क्षेत्रीले कोरियोग्राफी गरेको छन् । भिडियोमा अभिषेक राज उपाध्यायको सम्पादन रहेको छ । भिडियो प्रकाश क्षेत्रीको निर्देशनमा तयार पारिएको छ । गीतको अडियो रेकर्ड मंगलम् रेकर्डिङ स्टुडियोमा गरिएको हो । Post  Production  भने WHITE  MEDIA  ले गरेको छ । म्युजिक भिडियोको छायांकन नेपालको राजधानी काठमाडौंको टोखामा गरिएको थियो ।
म्युजिक भिडियो ` Sanjila Chhetri ´ Youtube  channel मार्फत सार्वजनिक हुनेछ ।

Share.

Leave A Reply