संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनर्स्थापना हुन जरुरी छ ः महामन्त्री कोईराला

0

नवलपुर ।

ओली सरकारको अलोकतान्त्रिक गैरसंवैधानिक संसद विघटनका विरुद्ध नेपाली कांग्रेस द्वारा देश भरिका सबै पालिका संगै चितवन र् नवलपुरमा पनि बिरोध प्रर्दशन भएको छ ।
नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधि सभा पुनर्स्थापना हुनु पर्ने बताएका छन । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेपाली काङ्ग्रेस देवचुलीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कोईराला यस्तो बताएका हुन ।
प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधाननै च्यातेको आरोप लगाउदै सरकारले घोषणा गरेको निर्वाचन हुने कुरामा विश्वास नभएको बताए । सत्तरी वर्षको संघर्ष पछी बनेको संविधानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको हुँदा संविधानको रक्षा गर्न पनि काङ्ग्रेस सडकमा आउनु परेको कोइरालाको भनाई थियो ।

यसै बीच नेपाली काङ्ग्रेसको केन्द्रिय समितिले निर्णय गरे अनुसार शनिबार पुर्वी नवलपरासीको ८ वटै पालिकामा विरोध प्रदर्शन गरिएको छ । जिल्लाको गैंडाकोट , देवचुलीको दुम्कौली , कावासोती , मध्यविन्दुको अरुणखोला, हुप्सेकोट, बुलिङ्गटार, बौदिकालीको डेढगाउँ र विनयी त्रिवेणीको सर्दिमा पालिका स्तरीय प्रदर्शन सम्पन्न भएको नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीका सचिव बालकृष्ण घिमिरेले बताए ।

Share.

Leave A Reply