२३ औँ भूकम्प सुरक्षा दिवसका दिन कावासोतीमा प्रभातफेरि

0

कावासोती, माघ २ । २३ औं भुकम्प सुरक्षा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको कावासोतीमा शुक्रबार सचेतनामूलक प्रभातफेरि गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट कावासोतीमा निकालिएको प्रभातफेरि फलफूल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । जिल्ला विपद् व्यवस्थापन समिति नवलपुरको आयोजना र जिल्ला रेडक्रस सोसाइटी नवलपुरको सहआयोजनामा भएको कार्यक्रममा नवलपुरका सरकारी कर्मचारी, स्थानीय बुद्धिजीवी, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायतको सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले नेपाल भुकम्पको जोखिममा रहेको देश भएकोले यसबाट बच्नका लागि सिकाइने शिक्षा अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । शिक्षा तथा समन्वय ईकाई कार्यालय नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले सहजीकरण गर्नुभएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले भनाई राखेका थिए ।

 

वि.सं. १९९० माघ २ गते नेपालमा गएको पहिलो महाविनाशकारी भुकम्पको सम्झनामा नेपालमा २०५५ सालदेखि राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

Share.

Leave A Reply