खोज तथा उद्दारको अभ्यास सहित भरतपुरमा भूकम्प सुरक्षा दिवस मनाइयो

0

चितवन, माघ २ । चितवनमा २३ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

भरतपुर १० स्थित गेष्टहाउस चौरमा भएको कार्यक्रममा नेपाली सेना श्री नम्वर २ विपद व्यवस्थापन गण रसौली ब्यारेक चितवनले भत्कीएका संरचनामा खोज तथा उद्दार सम्वन्धी डेमोस्ट्रेशन प्रर्दशन गरेको थियो ।

सो अवसरमा घाइतेहरुको पहिचान गर्ने तरिका, उद्दारमा प्रयोग हुने सामाग्री तथा सेनाले अपनाउने उद्दार प्रकृया देखाइएको थियो ।नेपाली सेना, शसस्त्र, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी र एम्बुलेन्स सहितको सहयोगमा उक्त अभ्यास देखाइएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई चितवन पनि भूकम्पीय जोखिमा पर्ने जिल्ला भएकाले यहाँ सुरक्षित घरहरु निर्माणसँगै जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।

भूकम्प बहुप्रकोपीय विपदमा पर्ने हुनाले यसवारे व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भूकम्पीय सुरक्षाका मापदण्ड पालना हुनेगरी मात्रै संरचना निर्माण हुनुपर्नेमा जोड दिनुभयो । हरेक वर्षको माघ २ गते नेपालमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरीन्छ ।

भूकम्पीय हिसावले जोखिम मानिएको चितवन जिल्लामा गत २०७२ सालमा गएको भूकम्पमा ७ हजार ८ सय ६६ घरमा क्षती पुगेको थियो ।

Share.

Leave A Reply