चितवनमा थप ३ कोरोना संक्रमितको मृत्यु

0

मंसिर १२ । चितवनमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहेका चितवन भरपुर महानगरपालिका १७ का ७७ बर्षीय पुरुष र मकवानपुर जिल्ला, हेटौडा–१० बस्ने ५७ वर्षीय महिला तथा चितवन मेडिकल कलेजमा भरतपुर १७ कै ५१ वर्षीय पुरुष को मृत्यु भएको हो । भरतपुर १७ का पुरुषमा मंसिर ३ गते कोभिड १९ को संक्रमण पुष्टि भई ५ गते ज्वोरो, खोकी र श्वासप्रश्वाशको समस्या भइ अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसीयुमा राखी उपचार हुँदैगर्दा आज विहान ५ बजेर १५ मिनेट जाँदा मृत्यु भएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
यता हेटौडा–१० बस्ने ५७ वर्षीय महिलालाई मंसिर ८ गते संक्रमण पुष्टि भएको थियो । मंसिर ११ गते कोभिड संक्रमण सहित ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई भरतपुर सकारी अस्पतालमा भर्ना भएकि थिइन। कोभिड आइसीयुमा राखी उपचार जारी हुँदै गर्दा आज बिहान ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
भरतपुर १७ का ५१ वर्षीय पुरुषको चितवन मेडिक कलेजमा मृत्यु भएको हो । मेडिकल कलेजका अनुसार मंसिर १० गते नै कोभिड १९ को संक्रमण पुष्टि भई मंसिर ११ गते अस्पताल ल्याइएकोमा परीक्षण गर्दा अस्पताल आउनुपूर्व नै मृत्यु भइसकोको निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply