थन्किएको पीसीआर मेशीन तत्काल संचालनमा ल्याउन नवलपुरका काँग्रेस सांसदहरुको माग

0

गैँडाकोट, मंसिर १२ । नवलपुरमा पीसीआर मेशीन ल्याएर पनि संचालनमा नआएर थन्किएको भन्दै नेपाली काङ्ग्रेस संसदीय दल गण्डकी प्रदेशको प्रतिनिधि मण्डलले ध्यानाकर्षण गराएको छ ।

हिजो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सँग भेट गरेर मेशीन संचालनमा ल्याउन माग गरिएको प्रदेशसभा सदस्य विष्णु प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

साथै कोरोना भाइरसको बढ्दो प्रभाव र उपचारमा भएका ढिलासुस्ती प्रति गम्भीर ध्यानाकर्षण गराउदै नवलपुर र बागलुङमा भएको पिसिआर मेसिन तत्काल संचालनमा ल्याउन, आवश्यकता अनुसार आइसियु र भेण्टिलेटरको ब्यबस्था गर्न ,अनुगमनको लागि प्रदेश स्तरमा सर्बपक्षीय संयन्त्र बनाउन ,बिकास बजेट कार्यान्वयन प्रभावकारी गराउन ध्यानाकर्षण गराएको लामिछानेले बताउनुभयो ।

प्रदेससभा सदस्य एवम प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा मुख्यमन्त्रीलाई भेट गरिएको हो ।

Share.

Leave A Reply