लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान सुरु

0

पवित्रा पराजुली, गैँडाकोट, मंसिर १० । लैङ्गिक हिँसा बिरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । पहिलेको तुलनामा गैँडाकोट नगरपालिकामा यस वर्ष लैङ्गिक हिँसा कम रहेको सरोकारवालाले बताएका छन ।
लैङ्गिक हिँसा अन्त्यको प्रतिवद्धता व्यक्ति ,समाज र सबैको ऐक्यबद्धता हस्ताक्षर संकलन गरेको छ । बिक्रम सम्वत २०५४ साल देखी लैङगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम गरी अभियान सञ्चालन गरि मनाउने गरिएको थियो ।
गैँडाकोट नगरपालिकामा अन्य स्थानको तुलनामा सचेतना बढि रहेको गैँडाकोट नगरपालीकाका नगर प्रमुख छत्रराज पौडेलको भनाई छ ।
लैंगिक हिंसा लिङगका आधारमा हुने हिंसा विश्वका धेरै समाजमा प्राचिनकाल देखि नै समस्या को रूपमा देखिदै आएको छ। महिला वा पुरूष वा तेस्रो लिङगक भएकै आधारमा पेशा, अध्ययन, कार्यस्थल, परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास, धम्कि दिनु, पारिश्रम नदिनु वा कम दिनु,अश्लील शव्द बोन्नु,अश्लील फोटो देखाउनु आदि सबै लैंगिक हिंसा हो। यस्ता घटना गैँडाकोटमा आएपनी न्यायीक समिति मार्फत मिलाउने गरेको गैँडाकोट नगरपालिकाका उप प्रमुख बिष्णु कुमारी कंडेलको भनाई छ ।
त्यस्तै महिला बालबालीका तथा समाज कल्याण उपसाखाका शाखा प्रमुख सिताकुमारी लामीछानेले लैंगिक हिंसाका लागी नगरमा कोष स्थापना गरेको बताउनुभयो ।
पुरूष भन्दा महिलाहरू विभिन्न प्रकारका हिंसाबाट वढि पीडित भएका कारण लै∙िकताको आधारमा हुने हिंसामा महिलामाथि हुने हिंसाबारेको छलफल बढि केन्द्रित हुने गरेको छ ।

Share.

Leave A Reply