सुन्दर टोलको आयोजनामा सम्पन्न भलिवल प्रतियोगिताको उपाधी गैँडाकोट १८ लाई

0

इन्द्रज्योति पोखरेल, गैँडकोट, मंसिर १० । सुन्दर टोल बिकास संस्थाले आयोजना गरेको नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधी गैंडाकोट नगरपालिका वडा नं १८ ले जितेको छ ।

आज भएको फाइनल खेलमा देवघाट गाउँपालिका वडा नं १ लाई २–१ को सेट मा पराजित गर्दै उपाधी हात पारेको हाम्रा ढोडेनी संवाददाता इन्द्र ज्योति पोखरेलले जानकारी दिनुभयो ।

विजेता टिमलाई आज नै पुरस्कार वितरण गरिएको छ । प्रथम हुनेले ३० केजि खसी सहित प्रमाण पत्र र मेडल तथा दोस्रो हुनेले २० केजि खसी, प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् । २२ टिमले प्रतियोगितामा सहभागी रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले रास्ट्रका लागी र स्वास्थ्यको लागि खेलकुद नभई नहुने खेल भएकाले वडा वाट पनि समय समयमा प्रतियोगिताहरु आयोजना गर्दै सहकार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा देउराली सामुदायिक बन का प्रतिनिधि बद्री प्रसाद रिमाल , नेपाली कांग्रेस ३ नं वडा सभापति टेकप्रसाद रिमाल, ने.क.पा ३ नं वडा कमिटी अध्यक्ष अर्जुन कुमार थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रमको स्वागत मन्तव्य सुन्दर टोल बिकास सस्थाका सचिव बिजेश आलेले गर्नु भएको थियो।

सुन्दर टोल बिकास सस्थाका अध्यक्ष कृष्ण बहादुर बिश्वकर्माको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो।

Share.

Leave A Reply