दुर्घटनाका घाईते कोभिड १९ सङ्क्रमण पश्चात मृत्यु

0


प्रेम क्षेत्री,
गैंडाकोट । गैंडाकोट ८ मा बसोबास गर्दै आएका दुर्घटनाका घाईते एक पुरुषमा कोभिड १९ सङ्क्रमण पुष्टि पश्चात मृत्यु भएको छ । गैंडाकोट ८ मा बसोबास गर्दै आएका ६० वर्षका पुरुषको उपचारका क्रममा भरतपुर स्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका निर्देशका प्रा.डा. दयाराम लम्सालले दुर्घटनाका घाईते उक्त व्यक्तिमा कोभिड १९ सङ्क्रमण पश्चात मृत्यु भएको जानकारी दिनुभयो । गत कार्तिक २९ गते गैंडाकोटमा भएको दुर्घटनामा परि गम्भिर घाईते भएका उनलाई चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा कोभिड १९ परिक्षण गर्दा यहि मंसिर २ गते कोभिड १९ पुष्टि भएको अस्पतालका निर्देशक डा. लम्सालले बताउनुभयो । उनको आईसियु कक्षमा भेन्टिलेटरमा राखी उपचार जारि थियो । उपचारकै क्रममा बुधबार बिहान साढे ३ बजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
चितवन मेडिकल कलेजले मृतकको ठेगाना गैंडाकोट ८ उल्लेख गरेपनि उनि दोलखा चरिकोटको रहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । उनि विगत २५ वर्षदेखी गैंडाकोट ८ मा बसोबास गर्दै आएको जनाएको छ ।
गत २९ गते लक्ष्मी पूजाका दिन एक बिहानै ६ बजे उनलाई नारायणी पुल नजिक गैंडाकोट खण्डमा मौलाकालिका गेट नजिक कारले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । ठेला चलाई हिंडेका उनि सहित एक साईकलयात्री र एक पैदलयात्री गरि ३ जना घाईते भएका थिए । घाईते अन्य २ जना साईकलयात्री र पैदलयात्री उपचार पछि घर फर्किएका छन् । उनिहरुलाई ठक्कर दिने लु २ च ५७७७ नम्बरको कार र कारका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

Share.

Leave A Reply