देवतुल्य शताधिकायु पुरुष स्व. भूमीश्वर सापकोटाप्रति हार्दिक श्रद्धासुमन

0

डा.मतिप्रसाद ढकाल,

हाम्रा वैदिक मन्त्रहरूले ‘शतं जीवेम शरदः’ अर्थात् हामी सय वर्ष बाँचौं भनेर उद्घोष गरिरहेका छन् तर हाम्रो वर्तमान औसत आयु ६५ वर्षमा सीमित हुँदैछ । हामी शतायुबाट अल्पायुमा खुम्चिँदै छौं । त्यसैले वर्तमानमा हामीले सय वर्ष बाँच्ने व्यक्तिको दर्शन पाउन मुस्किल छ तर नवलपरासी गैंडाकोटमा बस्ने व्यक्तिहरूलाई शतायु पुरुषको दर्शन सहज रूपमा उपलब्ध भएको थियो । सापकोटा कुलका मात्र होइन, भूमीश्वर सापकोटा बुबा हामी सबैका कुलभूषण हुनुहुन्थ्यो। उहाँको जन्मशताब्दीका अवसरमा उहाँको जीवनी, व्यक्तित्व र योगदानका बारेमा विभिन्न पक्षबाट अन्वेषण र विश्लेषण गरी ३८४ पृष्ठको ‘कर्मयोद्धा भूमीश्वर’ (२०७१) नामक अभिनन्दन ग्रन्थ तिलक सापकोटा प्रतिष्ठान गैंडाकोट नवलपरासीबाट प्रकाशमा आउनुले उहाँको जीवितावस्थामा नै उच्च सम्मान भएको अनुभूति धेरैले गरेका थिए तर यस्ता कर्मयोद्धा र हामी सबैका अभिभावक भूमीश्वर सापकोटा १०७ वर्षको उमेरमा यही २०७७ कार्तिक २८ गते कीर्तिशेष हुनुभयो । यतिबेला उहाँका कीर्तिहरूबाट मात्र हामीले उहाँलाई स्मरण गरिरहेका छौँ । यसै सन्दर्भमा यस आलेखमा उहाँको अभिनन्दन ग्रन्थका विषयवस्तुबाट स्मरण गर्ने प्रयत्न गरिएको छ ।

लेखचरना खण्ड, पारिवारिक खण्ड र बिम्बप्रतिबिम्ब खण्ड गरी यो ग्रन्थ तीन खण्डमा विभाजन गरिएको छ । ग्रन्थको प्रारम्भमा प्रधानमन्त्री सुशील कोइराला, जीयर स्वामीजी महाराज, स्वामी कमलनयनाचार्य, स्वामी ज्ञानानन्द सरस्वती, सांसद प्रा.डा.शशाङ्क कोइराला र सापकोटा कल्याण केन्द्रका शुभकामनाहरू समावेश गरिएका छन् भने अन्तमा चिन्न जीयर स्वामी र श्रीधराचार्य स्वामीसहित भूमीश्वर बुबाका पारिवारिक रङ्गीन तस्बिरहरू, उहाँको जन्मकुण्डली र उहाँले हालसम्म प्राप्त गरेका सम्मानपत्र, प्रशंसापत्र र अभिनन्दनपत्रहरू राखिएका छन् । लेखरचना खण्डमा ६६, पारिवारिक खण्डमा १७ र बिम्बप्रतिबिम्ब खण्डमा २ गरी यस ग्रन्थमा ८५ ओटा अनुसन्धानात्मक एवं संस्मरणात्मक लेखरचनाहरू सङ्गृहीत छन् ।

‘पापको बाउ लोभ हो, त्यसकारण कसैले पनि लोभ गर्नु हुँदैन । अर्कालाई कष्ट दिएर मीठो खानुभन्दा आधा पेट रूखासुखा खानु उचित हुन्छ । राजनीति र समाजसेवा गर्नेले सानो घेरा अथवा व्यक्तिगत स्वार्थबाट मुक्त हुनुपर्छ । मैले गरेका सामाजिक तथा सेवाका कार्यहरूको अभिमान मलाई कहिल्यै नहोस् भनी भगवान्सँग सबैले प्रार्थना गर्नुपर्दछ’ भन्नेजस्ता भूमीश्वर बुबाका २६ ओटा उपदेशरूलाई यस ग्रन्थको मूल आदर्श मानिएको छ । भूमीश्वर बुबाले ‘आत्मकथा’ शीर्षकको लेखमा आप्mनो जन्म बागलुङ दमेकको रितिपमा १९७१ माघ १ गते भएको, दिदी रत्नकलाको १० वर्षकै उमेरमा पिङ खेल्दा लडेर निधन भएको, केही न केही नगरी खाली हात बस्नै नसक्ने आप्mनो बानी रहेको, सानैमा आपैंmले उखु र तोरी पेल्ने कोल बनाएको, भक्त कान्छा बुबाबाट काठे पाटीमा धुलौटोमा सिन्काले र बाँसको सुप्लामा मंसिरे कटुसको मसी बनाइ बाँसकै कलमले अक्षर लेख्न सिकेको, बुबाले घरमा गुरु ल्याएर राख्तासमेत नपढेकाले हालसम्म आपूmलाई पश्चात्ताप भएको, हाप टिनमा घिउ लिएर बटौलीमा लगेर बेची घर फर्कँदा नुनतेल ल्याउने गरेको, पढाइमा एकदमै राम्रो लक्षण देखाउँदै गरेको माहिलो छोरा टीकारामको १६ वर्षको अल्पायुमा ठेउले खोलाले बगाएर निधन भएको हुँदा पुत्रशोकले आपूmलाई निकै दुःखी बनाएको र त्यसै बेलादेखि आपूmले मासु खान छाडेको, २०२९ सालमा बागलुङबाट गैंडाकोटमा बसाइ सरेर आई ३९ हजारमा १६ बिघा जग्गा किनेको, १० वर्षको उमेरमा ८ वर्षकी मनरूपा कँडेलसँग विवाह भएको, बिहे गरेको ११ वर्षसम्म समाजको डर र लाजले गर्दा पतिपत्नीबीच बोलचान नै नभएको, ५÷६ वर्ष थलिएर २०६० मा पत्नी मनरूपाको निधन भएपछि आपूm निकै मर्माहत भएको, बिपीको प्रेरणाले राजनीतिमा लागेको, २०३६ मा शान्ति शान्ति भनेर अगाडि बढ्दा प्रहरीको कुटाइबाट सख्न घाइते भएको, २०३९ मा श्रीवैष्णवदीक्षा ग्रहण गरेको र सामाजिक क्षेत्रमा आपूmले निकै योगदान दिएको कुरा पनि उल्लेख गर्नुभएको छ ।

भूमीश्वर बुबालाई आचार्य पूर्णचन्द्र ढुङ्गेलले धर्मप्राण व्यक्तित्वका रूपमा, प्रा.माधवराज गौतमले निष्काम कर्मयोगीका रूपमा र गोविन्द कँडेलले प्रजातन्त्र हस्तीका रूपमा स्मरण गरेका छन् । शङ्करप्रसाद पाण्डेले आप्mनो लेखमा ॐकार, तीन व्याहृति, सात महाव्याहृति र गायत्री मन्त्रको अर्थ, स्वरूप एवं महत्त्वका बारेमा चर्चा गर्दै भूमीश्वर बुबालाई शतायु पुरुषका रूपमा उभ्याएका छन् । शुक्रराज शर्मा, टङ्कप्रसाद कँडेल र प्रा.नारायणकुमार आचार्यले भूमीश्वर बुबालाई प्रजातन्त्र सेनानी र सामाजिक चेतनाका प्रतिमूर्तिका रूपमा चिनाएका छन् । प्रा.हरिशरण उपाध्यायले अभिवादन गर्ने र वृद्धको सङ्गत गर्ने व्यक्तिको आयु, विद्या, यश र बल बढ्ने, धेरै समयसम्म गायत्री जप्ने व्यक्ति दीर्घायु हुने, वेदको अभ्यास गर्ने, सदाचारको पालना गर्ने र आलस्य एवं अन्नदोषबाट बच्ने व्यक्तिले मृत्युलाई जित्न सक्ने भएकाले भूमीश्वर बुबामा त्यस्ता गुणहरू विद्यमान रहेका र त्यस्तै गुण ‘आत्मा वै जायते पुत्रः’ अनुसार ज्येष्ठ सुपुत्र तिलकप्रसाद सापकोटामा पनि विद्यमान रहेको उल्लेख गर्दै ‘सापकोटा’ थरको व्युत्पत्ति पनि गरेका छन् ।

प्रा.डा.चन्द्रराज सापकोटाले आप्mनो लेखमा आयुर्वेदको महत्त्वबोध गराई भूमीश्वर बुबाले आपूm दीर्घजीवी बन्न केकस्ता आचरणहरू अवलम्बन गर्नुभयो ? भन्ने बारेमा विश्लेषण गर्दै हामीले हाम्रो जीवन शैलीलाई परिवर्तन गर्न सक्यौं भने हामी निरोगी र दीर्घजीवी पनि हुन सक्छौं भन्ने कुरा उल्लेख गरेका छन् । डा.तुलसी भट्टराईले ‘नवतिर्देवतुल्यः’ अर्थात् शास्त्रमा नब्बे वर्ष पार गर्ने व्यक्ति देवतासमान हुन्छ भनिएको सन्दर्भमा भूमीश्वर बुबा देवाधिदेव तुल्य रहेको भनी उहाँसँग साक्षात्कार हुँदाको संस्मरण व्यक्त गरेका छन् । प्रा.डा.नारायणप्रसाद खनालले अभिवादनशील र वृद्धको सेवा गर्नेले कसरी आयु, विद्या, यश र बल प्राप्त गर्दछ ? भन्ने कुराको अन्वेषण गर्दै आजको पुस्ताले भूमीश्वर बुबाका आचरणहरूको अनुशरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

डा.मोहनीलाल भुसालले ‘अब तपाईंहरूले सत्याग्रह आन्दोलन गर्नुपर्छ, पञ्चहरूले धाँधली गराएको पञ्चायती व्यवस्थालाई ढाल्नुपर्छ’ भनी भूमीश्वर बुबाले आपूmलाई मार्गनिर्देशन गरेको स्मरण गरेका छन् । डा.मतिप्रसाद ढकालले आप्mना मावली हजुरबुबा पं.लीलाधर रेग्मी (जलजले पण्डित) लाई भूमीश्वर बुबाले २०१० सालतिर बाँस्टारीमा लगी विद्यार्थीलाई पढाउने व्यवस्था गरेको र आपूmसँगको साक्षात्कारमा ‘धेरै नलेख्नू है’ भनी बोल्न र लेख्नभन्दा काम गरेर देखाउन अग्रसर हुनुपर्ने शिक्षा प्राप्त गरेको कुरा उल्लेख गरेका छन् । रामचन्द्र कण्डेलले आप्mनै आमा सिकिस्त बिरामी हुँदा पनि भूमीश्वर बुबाले छोरा तिलकलाई सामाजिक सेवालाई पहिलो प्राथमिकता दिएर अघि बढ््न प्रोत्साहन गरेको र कालिका संस्कृत विद्यापीठको स्थापनामा उहाँको उल्लेखनीय योगदान रहेको स्मरण गरेका छन् ।

भूमीश्वर बुबालाई स्वामी रङ्गराजाचार्यले कौण्डिन्य कुलदीपकका रूपमा, ज्ञानेन्द्रविक्रम महतले कर्तव्यपरायण व्यक्तिका रूपमा, माधवप्रसाद चालिसेले आदर्श पुरुषका रूपमा, कृष्णमणि पहारीले सर्वोत्तम गृहस्थीका रूपमा, छायादत्त न्यौपाने ‘बगर’ले नामअनुरूप काम गर्ने व्यक्तिका रूपमा, केशवराज चालिसेले शताब्दी वृक्षका रूपमा, प्रकाश तिवारीले योगी, आप्त, संस्कारी र मुमुक्षु पुरुषका रूपमा तथा डा.ऋषिराम अधिकारीले समाज सुधार गर्ने नायकका रूपमा संस्मरण गरेका छन् । बालकृष्ण दाहालले भूमीश्वर बुबा वर्तमान राजनीतिक विकृति र विसङ्गतिलाई देखेर दुःखी रहेको बताएका छन् भने रमाकान्त सापकोटाले सृष्टि र वंशविकासक्रमको उल्लेख गर्दै वर्तमान विश्वमा औसत मानव आयुका तुलनामा भूमीश्वर बुबाले निकै लामो आयु प्राप्त गरेको जनाएका छन् ।

एकराज पाठकले भूमीश्वर बुबा सय वर्षसम्मको लामो उमेरसम्म पनि निकै खुसी रहेको र राजतन्त्रको अन्त्य भएको घटना उहाँको जीवनका लागि सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन् । दशरथ तिवारीले कर्मयोगीका रूपमा र स्थानेश्वर सापकोटाले आपूmमा राजनीतिक चेतना भरिदिने बुबाका रूपमा सम्झेका छन् । उमाकान्त सापकोटाले गौरवशाली व्यक्तित्वका रूपमा, मेघराज भण्डारीले आपूmलाई वामपन्थीबाट प्रजातान्त्रिक मार्गमा प्रवृत्त गराउने व्यक्तित्वका रूपमा, पुष्पराज कोइरालाले सर्वत्र कीर्ति पैmलाउने व्यक्तित्वका रूपमा, कृष्णादेवी शर्मा (श्रेष्ठ) ले राष्ट्र र राष्ट्रियताप्रति पूर्णतः समर्पित व्यक्तित्वका रूपमा, डिल्लीप्रसाद शर्माले ‘सन्तोषं परमं सुखम्’ होइन ‘सन्तोषं वै श्रियं हन्ति’ (सन्तोषले ऐश्वर्यवान् हुनबाट रोक्छ) भनेर सदैव सामाजिक परिवर्तनका पक्षमा अग्रसर भइरहने व्यक्तित्वका रूपमा र हेमराज कोइरालाले अथक योद्धाका रूपमा भूमीश्वर बुबाको संस्मरण गरेका छन् ।

भूमीश्वर बुबालाई लक्ष्मीनारायण सापकोटाले नीरक्षीरविवेकी व्यक्तित्वका रूपमा, वसन्तराज लम्सालले प्रेरणादायी व्यक्तित्वका रूपमा, वेदप्रसाद गौडेलले कर्मठ व्यक्तित्वका रूपमा, चेतनाथ भुसालले जल र जंगलविना भूमि अनूर्वर भएजस्तै वृद्धवृद्धाविनाको परिवार पनि अभागी हुन्छ भन्ने शास्त्रीय प्रमाण प्रस्तुत गर्दै उहाँलाई सङ्घर्षशील व्यक्तित्वका रूपमा, बालकृष्ण सापकोटाले मार्गदर्शक व्यक्तित्वका रूपमा, प्रमोद खरेलले राजनीतिलाई भन्दा पहिलो प्राथमिकता पढाइलाई दिनुपर्छ भनी आपूmलाई बारम्बार प्रेरित गरिरहने व्यक्तित्वका रूपमा, तारानाथ दाहालले कर्मयोद्धाका रूपमा, ललितवीर हमालले आदर्श व्यक्तित्वका रूपमा, डोलनाथ चालिसेले कर्मवादी एवं मन, वचन र कर्मले समाजसेवामा समर्पित हुने व्यक्तित्वका रूपमा, गोविन्द पोखरेलले संस्कार र सदाचारयुक्त परिवार निर्माण गर्ने व्यक्तित्वका रूपमा, हरिहर शर्मा आचार्यले परोपकारी व्यक्तित्वका रूपमा, ऋषिराम सापकोटाले अदम्य साहस भएका व्यक्तित्वका रूपमा र दुर्गाप्रसाद सापकोटाले आदर्श व्यक्तित्वका रूपमा स्मरण गरेका छन् ।

प्रेमप्रसाद सापकोटाले भूमीश्वर बुबालाई समाजका दुव्र्यसनी व्यक्तिलाई नियन्त्रण गर्ने व्यक्तित्वका रूपमा, शालिकराम सापकोटा (माझघर) ले स्वावलम्बी र निडर व्यक्तित्वका रूपमा, शालिकराम सापकोटा (क) ले सदाचारी र नैष्ठिक व्यक्तित्वका रूपमा, मधुसुदन पाण्डेले मानव प्रेमको सङ्ग्राहक व्यक्तित्वका रूपमा, शशीघर न्यौपानेले आप्mनो आस्थाका धरोहरका रूपमा, शालिग्राम शर्माले सुसन्तानका पिताका रूपमा, लक्ष्मीप्रसाद आचार्यले शैक्षिक चेतनाको दियो बाल्ने व्यक्तित्वका रूपमा, कृष्णलाल सापकोटाले वृद्धावस्थामा आप्mनै सन्ततिहरूबाट सेवा पाइरहने दुर्लभ व्यक्तित्वका रूपमा र द्रोणवन सन्न्यासीले क्रान्तिकारी व्यक्तित्वका रूपमा संस्मरण गरेका छन् ।

कृष्णप्रसाद बसेलले सादा जीवन उच्च विचारका धनी व्यक्तित्वका रूपमा, रत्नप्रसाद सापकोटाले ‘नयाँघरे बा’ र आप्mनो कुलत छुटाउने व्यक्तित्वका रूपमा, टङ्कप्रसाद शर्मा चापागाईंले त्यागी र गृहतपस्वीका रूपमा, रत्नाखर सापकोटाले प्रेरक अभिभावकका रूपमा, भूमिराज चापागाईंले स्वावलम्बी एवं स्वधर्मका पक्षपाती व्यक्तित्वका रूपमा, ओमप्रसाद सापकोटाले युगपुरुषका रूपमा, मदनभक्त अधिकारीले धर्मनिष्ठ एवं समाजसुधारकका रूपमा, खडानन्द सापकोटाले दीर्घजीवनको पाठ सिकाउने गुरुका रूपमा र गोविन्दराज विनोदीले कालजेता एवं दूरद्रष्टाका रूपमा उहाँलाई स्मरण गरेका छन् ।

पारिवारिक खण्डअन्तर्गत भूमीश्वरका ज्येष्ठ सुपुत्र तिलकप्रसाद सापकोटाले पिताको बाह्य स्वभाव निकै कडा रहे पनि भित्री स्वभाव कोमल रहेको, आपूmले अक्षर चिन्ने क्रममा ‘भ’ वर्ण लेख्न नजानेर गुरुबाट पिटाइ खाएको, आपूmले तल्लो तहका विद्यार्थीलाई केही समय पढाएको, आपैmले टोपी र अन्डबियर सिलाएर लाउने गरेको, सहकारी हुलाक सेवाको स्थापनामा पिताजीको प्रेरणा पाएको, पिताजीले आज्ञा नदिए पनि भागेर काठमाडौं पढ्न गएको, पिताजीकै प्रेरणा पाएर आपूm राजनीतिमा सक्रिय भएर लागेको, पिताजीकै करमा सन्तानका लागि भनेर आपूmले दोस्रो विवाह गरेको, भाइको निधन भएपछि आप्mनो पढाइ अवरुद्ध भएको, गैंडाकोटामा कालिका संस्कृत विद्यापीठ लगायतका संस्थाहरूको स्थापना र सञ्चालनमा आपूm सक्रिय भएर लागेको र पिताजीको प्रेरणामा आपूmले श्रीवैष्णव दीक्षा प्राप्त गरेको कुरा उल्लेख गरेका छन् । जेठा नाति विश्वप्रकाश सापकोटाले आपूmलाई सानैदेखि हजुरबुबाको स्नेह प्राप्त भएको, पढ्न जाँदा साइकल किनिदिने र सबै कुरामा आप्mनो दखल हुनुपर्छ भनेर प्रेरित गरेको संस्मरण गरेका छन् । माहिला नाति केशवप्रसाद सापकोटाले आर्थिक मामलामा उहाँ निकै सचेत रहेको एवं सुशील कोइरालासँग आप्mनै घरमा भेट हुँदा ‘तिमीहरूले गिरिजालाई र देशलाई नै बिगा¥यौ’ भनेर सचेत गराएको जस्ता कुराको सम्झना गरेका छन् । साहिँला नाति चूडामणि सापकोटाले हजुरबुबाकै प्रेरणा र सदीक्षाअनुरूप आपूmले फलित ज्योतिष विषयमा आचार्य पढी श्रीवैष्णवदीक्षा प्राप्त गरेको स्मरण गरेका छन् भने साहिँली नातिनी बुहारी गीता शर्माले उहाँलाई कुशल व्यक्तित्वका रूपमा सम्झेकी छन् ।

जेठी नातिनी कमला सापकोटाले २०३६ सालमा हजुरबुबाले देशका लागि रगत बगाएको र आपूmहरूलाई लालच नगर्न एवं चोरी, चकारी र झुठलाई सदैव तिरस्कार गर्न भनी आशीर्वाद दिएको स्मरण गरेकी छन् । काहिँला नाति नारायण सापकोटाले आपूm पाँच वर्षको हुँदा हजुरबुबाले नयाँ थाल किनिदिने भनेर आप्mनो पिलो निचोरिदिएको, पसल गर्दा धेरै फाइदा खान नहुने र मिसावट पनि गर्न नहुने भनेर सचेत गराएको तथा उहाँ हरेक क्षेत्रमा न्यायिक र प्रेममा निकै भावुक रहेको सम्झना गरेका छन् । राहिँला नाति कृष्णप्रसाद सापकोटाले जहाँ जाँदा पनि बुबाले हजुरबुबाको आज्ञा लिने गरेको, ‘धनी होइन मानी हुनू’ भनेर बारम्बार आशीर्वाद दिएको, ‘जुन काठको बोक्रो त्यही काठ’ भन्ने नीतिअनुरूप जुन क्षेत्रबाट आम्दानी भएको हो, त्यही क्षेत्रको विस्तारका लागि लगानी गर्नुपर्छ भन्ने कुरालाई अवलम्बन गरेको र बुढेसकालमा पनि ‘आप्mनो खर्च आपैm जुटाउँछु’ भनी स्वावलम्बी बन्न चाहेको संस्मरण गरेका छन् । ठूला कान्छा नाति कुलराज सापकोटाले आप्mनो ज्ञान र साहसको मूल स्रोत हजुरबुबा रहेको जनाएका छन् । साहिँली नातिनी विमला, ज्वाइँ युवराज र पनातिनी सभ्यताले हजुरबुबाको स्वच्छ संस्काररूपी मुहानबाट आपूmहरू नदी बनेर बगिरहन पाएकोमा सर्वत्र उहाँकै उपस्थिति भएको अनुभूति गरेका छन् ।

कान्छा नाति विजय सापकोटाले आप्mना हजुरबुबालाई दयाका प्रतिमूर्ति ठानेका छन् भने कान्छी नातिनी बुहारी नर्मदा पाण्डे (सापकोटा) ले दसैंको टीका थाप्ता कृष्ण दाजुले हजुरबुबाको जीवनी लेख्न दिएको आशीर्वाद पूरा गर्न पाएको भन्दै हजुरबुबाको जीवनलाई ‘सङ्घर्षबाट उठेको एउटा सफल जीवन’ भनी मूल्याङ्कन गरेकी छन् । कान्छी नातिनी सरस्वती सापकोटा (भण्डारी) ले हजुरबुबाले हजुरआमालाई ‘कैली’ भनेर स्नेहले बोलाएको निकै मन परेको र हजुरआमा थला परेका बेलामा पनि उहाँले निकै चासो लिएर हेरचाह गरेको सम्झना गरेकी छन् । माहिली नातिनी वसुन्धरा सापकोटाले हजुरबुबाले दिएका अमूल्य आशीर्वादहरूले आपूmलाई निकै ठूलो मार्गदर्शन गरेको ठानेकी छन् । पनातिनी नम्रता सापकोटाले उत्ताउलो बनेर आपूmहरू हाँस्ता हजुरबुबाले हप्काएको र मायाले ‘हिरो’ भनेर बोलाउने गरेको कुरालाई अविस्मरणीय चिनो भनेर उल्लेख गरेकी छन् । पनाति भानु सापकोटाले ‘आमालाई कहिल्यै नबिर्सनू’ भनेर हजुरबुबाले अर्ती दिएको, हजुरबुबालाई तेलले मालिस गर्न थाल्दा साना हातले खुट्टा अँठ्याउन नसक्ने भनेको उल्लेख गर्दै उहाँलाई आप्mनो लक्ष्यप्राप्तिको प्रेरणापुरुष ठानेका छन् । आसाममा रहेकी कान्छी नातिनी गीता शर्माले आपूm सानो छँदा बिरामी भएका बखत खरानीले फुकेर सन्चो बनाएको र आपूmले मीठो मानेर त्यही फुकेको खरानी खाएको हुँदा सानामा ‘मिठू’ भनेर नाम राखिदिएको भनेर हजुरबुबासँगको आप्mनो बाल्यकालीन सम्झनाहरू उल्लेख गरेकी छन् । अन्तमा ग्रन्थका प्रधान सम्पादक आचार्य जगन्नाथ शर्मा कँडेलले भूमीश्वर बुबाका बारेमा कवितात्मक स्मृतिका साथै २०७१ श्रावणमा भूमीश्वर बुबाको शतवार्षिकीका सन्दर्भमा आयोजित साङ्ग अष्टाक्षर मूलमन्त्र पुरश्चरणात्मक शतवार्षिक नवाह महायज्ञको प्रगति विवरण प्रस्तुत गरेका छन् ।

गर्भावस्थादेखि नै रोगसँग लड्नका लागि औषधी सेवन गरिरहनु परेको वर्तमान परिवेशमा १०७ वर्षसम्म निरोगी भई बाँच्न सक्नु, १०७ वर्षमा पनि एक्लै हिँडडुल गर्न सक्नु र चस्मा नलगाईकन पत्रपत्रिकाहरू पढ्न सक्नु भूमीश्वर बुबाको दीर्घजीवनमा स्वस्थताको ज्वलन्त प्रमाण थियो । आजकल वृद्ध अवस्थाका धेरै आमाबुबाहरू आप्mनै छोराबुहारी र नातिनातिनीहरूबाट तिरस्कृत भएर वृद्धाश्रम र कल्पवासमा कष्टकर जीवन बिताइरहन बाध्य भएका छन् परन्तु भूमीश्वर बुबाले आप्mनै घरमा छोरा, नाति र पनाति पुस्ताहरूबाट समेत निरन्तर पारिवारिक उच्च सम्मान र स्नेह पाइरहनुभएको थियो । यस्तो सम्मान र स्नेहप्राप्तिको सफलताबाट आजका छोराबुहारी र नातिनातिनाहरूले पाठ सिकेर आआप्mना वृद्धजनहरूको यथोचित सम्मान गर्न अग्रसर हुनु नितान्त आवश्यक छ । त्यसका लागि भूमीश्वर बुबामा र उहाँको परिवारमा जस्तै धार्मिक सदाचारको दीर्घसाधना र त्यागको भावना सबैमा जागृत हुनुपर्छ । हामी किन अशान्त, रोगी र अल्पायु छौं ? भन्ने कुरा बुभ्mन तथा शान्त र निरोगी भएर दीर्घजीवनको वरदान प्राप्त गर्नका लागि यस ग्रन्थको अध्ययनमात्र होइन, स्वयम् देवतुल्य भूमीश्वर सापकोटा बुबाको प्रत्यक्ष दर्शन गरी आशीर्वाद गर्नका लागि अग्रसर हुन सके अवश्य पनि हामी सबैको जीवन कल्याणको मार्गतिर प्रवृत्त हुनेछ । उहाँको जीवनकालमा नै अभिनन्दनग्रन्थ प्रकाशित गरेर उहाँलाई उच्च सम्मान गरियो र अब उहाँ कीर्तिशेष भइसकेका अवस्थामा उहाँको वार्षिक पुण्यतिथिका अवसरमा स्मृतिग्रन्थ प्रकाशन गर्ने दिशामा उहाँको परिवारको क्रियाशीलता रहिरहनेछ भन्ने अपेक्षासहित कीर्तिशेष भूमीश्वर सापकोटा बुवाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।
(लेखक ढकाल, नेसंवि, कालिका संस्कृत विद्यापीठ, गैंडाकोटको सहप्राध्यापक पदमा सेवारत छन् ।)

Share.

Leave A Reply