स्कुटर चोरेको आरोपमा देवचुलीका एक युवक पक्राउ

0

नवलपुर, मंसिर ९ । स्कुटर चोरी गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरले देवचुलीबाट पक्राउ गरेको छ । देवचुली नगरपालिका वडा नं २ सि.जी. स्थित दिपक स्टाप होटल भित्र पार्किङ गरि राखेको स्कुटर चोरी गरेको आरोपमा देवचुली १६ रजहर बस्ने वर्ष २२ को अनिल सुनारलाई पक्राउ गरिएको हो।

उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० चोरी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिनुभयो ।

होटल भित्र पार्किङ गरी राखेको ना ४४ प २००२ नं को स्कुटर चोरी भएको भन्ने सुचना प्राप्त भए पश्चात उक्त नम्वरको स्कुटर खोजतलास गर्दै जाँदा जिल्ला नवलपरासी ( बर्दघाट( सुस्ता पुर्व) देवचुली नगरपालिका वडा नं १६ रजहर बस्ने बर्ष २२ को अनिल सुनारले चढी हिडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

Share.

Leave A Reply