गैँडाकोटका विद्यालय पुन संचालनमा अन्यौलता, निर्णय गर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिलाई

0

गैँडाकोट, मंसिर ९ । गैँडाकोट नगर शिक्षा समितिले सवारी साधनको प्रयोग गरी विद्यार्थी ओसार्न नपाउने निर्णय गरेको छ । आज बसेको बैठकले नगर क्षेत्र भित्रका विद्यालय र अन्य ठाउँहरुबाट विद्यार्थी लिन आउने सवारी साधनलाई पनि नगरपालिका नआउन अनुरोध गर्ने निर्णय भएको जनाइएको छ । त्यसरी सवारी साधनविना सम्वन्धित विद्यालय जान असुविधा पर्ने विद्यार्थीहरुलाई घर नजिकको विद्यालयमै पठनपाठन को व्यवस्था मिलाउन भनिएको छ ।

कोभिड १९ का कारण लामो समय स्थगित भएका शिक्षण सिकाई क्रियाकलाप यथाशिघ्र संचालन गर्न भनिए पनि विद्यार्थी उपस्थित गराएर पढाउने वा के गर्ने भन्ने अन्योलता भने अझै कायमै छ । सूचनामा स्पष्ट नभने पनि कसरी पढाई संचालन गर्ने भन्ने निर्णय गर्न विद्यालय व्यवस्थापन समितिलाई जिम्मा लगाइएको छ ।

विद्यालयमा विद्यार्थी लाई उपस्थित नगराइकन बैकल्पिक विधिबाट संचालन भइरहेका शिक्षण सिकाई क्रियाकलपाहरु प्नि यथावत चलाउने र सवै विद्यालयको हकमा विद्यालय व्यवस्थापन समितिलाई निर्णय गर्न आग्रह गरिएको छ । विद्यालय व्यवस्थापन समितिले निर्णय गर्दा विद्यालयको अवस्था, विद्यार्थी संख्या, अभिभावकको चाहाना, वडा समिति लगायतका सरोकारवालाहरुको सुझाव तथा छलफललाई ध्यान दिन आग्रह गर्दै स्वास्थ्य मापदण्डहरु पूर्ण पालना हुने गरी यथासम्भव छिटो कक्षाहरु संचालन गर्न सुचनामा उल्लेख गरिएको छ ।

सुचनामा विद्यार्थीले तिनुपर्ने मासिक शुल्क लगायतका विषयमा भने केही पनि भनिएको छैन ।

Share.

Leave A Reply