शताधिकायु पुरुष स्व. सापकोटाप्रति श्रद्धाञ्जलि व्यक्त

0


मंसिर ९, गैँडाकोट । नेपाली कांग्रेस नगर कार्य समिति गैंडाकोटले प्रजातन्त्र सेनानी, राजनैतिक, सामाजिक चेतनाका ज्योतिपुञ्ज, मार्गदर्शक, शताधिकायु पुरुष स्व. भूमीश्वर सापकोटाको १२ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जलि सभा गरेको छ ।
गैंडाकोट ८ मा भएको श्रद्धाञ्जलि सभामा बोल्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले रुखले पालुवा फेरेको उदाहरण प्रस्तुत गर्दै सापकोटाको भौतीक शरिर नरहेपनि उहाँका सत्कर्म हामीमाझ जीवन्त रहने बताउनुभयो । विपि कोईराला र भूमीश्वर सापकोटा सहयात्री रहेको प्रसंग उल्लेख गर्दै उहाँले विपिलाई भेटेर सुझाव दिने गरेको उल्लेख गर्नुभयो । खानपान, जीवनशैलीले १०७ वर्षसम्म बाँच्न सकिने बताउँदै उहाँले सबै सत्कर्ममा लाग्नुपर्ने बताउनुभयो ।
कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले स्वर्गिय भूमीश्वर सापकोटाको जीवनशैलीबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो । धर्म, संस्कृतिको संरक्षण गर्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँको भनाई थियो ।
गण्डकी प्रदेश सभा सदस्य एवम् प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेश सभा प्रमुख सचेतक मणिभद्र कंडेल, गण्डकी प्रदेश सभा सदस्य एवम् जिल्ला पार्टी सभापति विष्णु लामिछाने, प्रदेश सभा सदस्य ओमकला गौतम, गण्डकी प्रदेश सभा संसदिय दलका सचिव ललिता गुरुङ, नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठ, पूर्व संविधान सभा सदस्य महेन्द्रध्वज जिसि लगायतले स्वर्गिय भूमीश्वर सापकोटाले राजनीतिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । उहाँहरुले पञ्चायती प्रतिबन्धित समयमा नेपाली कांग्रेस पार्टीका शिविर सञ्चालन हँुदा उहाँको योगदानबारे चर्चा गर्नुभएको थियो ।


सो श्रद्धाञ्जलि सभामा स्वर्गिय भूमीश्वर सापकोटाको जीवनीबारे खेमराज सापकोटाले प्रकाश पार्नुभएको थियो । जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । परिवारका तर्फबाट नाती कृष्णप्रसाद सापकोटाले कृतज्ञता व्यक्त गर्नुभएको थियो । नेपाली कांग्रेस नगर सभापति तारापति खरेलको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण गैंडाकोट ५ का पार्टी सभापति गोविन्द घिमिरेले गर्नुभएको थियो ।
नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य तिलकप्रसाद सापकोटाका पिता समेत रहनु भएका स्व. सापकोटा नेपाली प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागी हुनुहुन्थ्यो । वि.स. १९७१ साल माघ १ गते जन्मनुभएका स्व. भूमीश्वर सापकोटा बीपी कोईरालको सहयात्रीको रुपमा पनि चिनिनुहुन्छ । सापकोटा धार्मिक आध्यात्मिक व्यक्तित्व सँगै सधैँ सत्य र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व हुनुहुन्थ्यो । सापकोटाको २ जना छोरा र १ छोरी हुनुहुन्छ ।

Share.

Leave A Reply