भोलि मंगलवार गैँडाकोट सहितका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने

0

गैँडाकोट, मंसिर ८ । भोलि मंगलबार नवलपुरको गैँडाकोट सहित कावासोती, देवचुली, मध्यविन्दु र हुप्सेकोट गाउँपालिका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजालका अनुसार प्रगतीनगर सवस्टेशन अन्तर्गत १३२ केभीए ट्रान्सफर्मरमा तेल चुहिने समस्या आएका कारण त्यसैको मर्मतका लागि विद्युत अवरुद्ध हुने उहाँले जानकारी दिनुभयो ।

आयल लेभल ईन्डिकेटर जडान गर्नुपर्ने भएकाले विहान ८ वजे देखि ११ वजेसम्म विद्युत अवरुद्ध हुने रिजालले जानकारी दिनुभयो । तोकिएको समय अगावै काम सम्पन्न भएमा चाँडै विद्युत आउने रिजालको भनाई छ ।

Share.

Leave A Reply