चितवन, मंसिर ७ मंसिर । तनहुँकी एक कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि उनी कात्तिक २९ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।
सोही दिन कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि आइतबार बिहान ११ः१६ बजे उनको मृत्यु भएको डा. लम्सालले बताए । डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित थिइन् ।