कोरोना महामारीकै बीचमा पेसा परिवर्तन, रोकिएका व्यवसाय तङ्ग्रिँदै

0


पवित्रा पराजुली
कोरोना महामारी फैलिन नदिन गरिएको लकडाउनका कारण धेरै उद्योग व्यवसाय संकटमा परे । थुप्रै नागरिकले रोजगारी गुमाए । कतिपयले बन्द रहेको व्यवसाय अझै सञ्चालन गर्न सकेका छैनन् तर केहीले कोरोनालाई अवसर बनाएर नयाँ व्यवसाय थालेका छन् ।
चार महिनाभन्दा लामो समय देखिको लकडाउन खुलेर जनजीवन सामान्य अवस्थामा फर्किएको छ तर बन्द भएका व्यवसाय समान्य अवस्थामा फर्किन सकेका छैनन् । कतिपयले पेसाबाट पलायन हुन प¥यो । गरी आएको व्यवसाय परिवर्तन गरेका चितवन भरतपुरका ४० जना युवाको काम प्रशंसनीय बनेको छ । भरतपुर ६ केशरबागमा करीब ३ बिगाहा क्षेत्रफलमा ४ वटा पोखरीका माछा विक्रिका लागी तयारी अवस्थामा छन् । कोभिड १९ का कारण गरिएको लकडाउन पछि फेरिएको व्यवसाय राम्रो भएपछि युवाहरु उत्साहित छन् ।
लगानीकर्तामध्येका एक भरतपुर ६ का इन्द्रप्रसाद न्यौपाने ८ महिना अगाडिसम्म बङ्गुर फर्म सञ्चालन गर्दै आउनु भएको थियो । कोभिड १९ का कारण व्यवसायमा असर परेपछि उहाँ माछा पालनमा लाग्नुभएको हो । उहाँ बिहान र बेलुका यही माछा पोखरीमा व्यस्त देखिनुहुन्छ ।
न्यौपाने भन्नुहुन्छ– “कोभिड १९ ले गर्दागर्दै आएको व्यवसायमा असर प¥यो अनि घरमा फाल्टु समयमा साथीभाइसँग बसेर केही काम गरौँ भनेर यो व्यवसाय ग¥याँै अहिले यसले व्यस्तता बढाएको छ ।”
न्यौपानेसहितका युवाहरुले कृषि तथा पशुपन्छी कृषक समूह गठन गरी व्यावसायिक रुपमा माछा पालन थालेका हुन् । साथै उनीहरुले च्याउ खेती पनि गरेका छन् । तरकारी खेती पनि बनाउने योजना बनाएका युवाहरु उपयुक्त वातारणको पर्खाइमा छन् । होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका पारस शर्मा आचार्य लकडाउनका कारण होटल बन्द भएपछि कृषक समूहमा आबद्ध भई कृषि कर्ममा लागेको बताउनुहुन्छ । ७ महिना अगाडिसम्म सौराहामा होटल गर्नुभएका उहाँ लकडाउनका कारणले होटल बन्द भयो त्यछि शर्मा कृषि पेसामा लाग्नुभयो । लकडाउले गर्दा काममा सहज भएको उहाँको भनाइ छ । सबै साथीसँगै हुने अवसरले नयाँ काम सिक्ने अवसर मिलेकाले उहाँ खुसी हुनुहुन्छ ।
लामो समयदेखि कन्सल्टेन्सीको काम गर्दै आउनुएका दिनेश पौडेल पनि लकडाउनपछि कृषि व्यवसाय लाग्नुभएको छ । उहाँ पनि अन्य साथीको जस्तै गर्दै आएको पेसा लकडाउनका कारण बन्द भएपछि कृषि पेसामा लाग्नुभएको हो । कोभिडले गर्दा सबै घरमा नै भएको र काममा अन्य व्यक्ति लगाउन नपरेकाले पनि अझै सहज भएको बताउनुहुन्छ । हरेक काममा ४० जना मात्र लागेर काम गरेर पनि सहज भएको छ ।
व्यावासयिक कृषिमा आबद्ध हुन खोज्ने युवा समूह वा किसानका लागि सरकारले अनुदानको व्यवस्था गरेपछि यस क्षेत्रमा थप आकर्षण बढेको छ । भरतपुर महानगरपालिकाका कृषि शाखाले पनि कृषि कर्ममा लाग्नेको लागी कही अनुदानको पनि व्यवस्था गरेको कृषि शाखा प्रमुख, विनोद लामिछानेले बताउनुभयो । सँगै कृषिमा नयाँ व्यवसाय गर्न खोज्नेका लागि बैँकबाट ऋण लिएमा त्यसबाट केही व्याज तिरिदिने व्यवस्था पनि गरिएको लामिछानेले बताउनुभयो ।
कोरोना महामारीका कारण रोकिएका व्यवसाय बिस्तारै तङ्ग्रिँदै छन् तर महामारीकै बीचमा पेसा परिवर्तन गरी कृषिमा लागेका युवाहरु व्यवसाय जम्न थालेपछि खुसी छन् ।

Share.

Leave A Reply